News & Events

नेपालका निजी विमान कम्पनीलाई अन्तराष्ट्रिय स्थलमा उडानका लागि अनुमति : पर्यटनमन्त्री भट्टराई

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले अन्तराष्ट्रिय विमानस्थलमा पहिलाभन्दा सुधार भईरहेको जानकारी दिनुभएको छ । उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई थप सुधार गर्दै लगिने बताउनुभयो । चेम्बर अफ कमर्शले काठमाडौंमा आज गरेको “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका संभावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’’ नामक कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सबै सुविधा हुने बताउनुभयो । मन्त्री भट्टराईले अध्यागमन छिट्टै स्मार्ट बनाउँदै स्मार्ट अध्यागमनमा अन्य अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सरह सबै सुविधा हुने दाबी गर्नुभय...
Read More

चेम्बरद्धारा रक्तपरिक्षण शिविर

विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स तथा एसआरएल डाइग्नोसिस प्रा.लि.को संयुक्त तत्वावधानमा रक्तपरिक्षण कार्यक्रम शुरु भएको छ ।   सहुलियत दरमा आजदेखि भएको २ दिने रक्तपरिक्षणमा एचबिएसएजी ÷HBsAg-Rapid Screen Text थाइराइड प्रोफाइल टेष्ट Thyroid Profile Test(T3,T4,Ts) र सुगर Sugar -Random_को रक्तपरिक्षण सम्बन्धित बिज्ञ डाक्टर एंव प्राविधिकबाट गरिएको छ । आज पहिलो दिन चेम्बरका पदाधिकारी, कर्मचारी वस्तुगत एंव अन्य आबद्ध संघका पदाधिकारी एंव सदस्यहरु, उद्योगी व्यवशायी एंव सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको समेत उपस्थिती भई रक्तपरिक्षण गरिएको छ ...
Read More

मौद्रिक नीति सामान्य, उद्यमी व्यवसायी उत्साहित हुने नीति अपेक्षित थियो– नेपाल चेम्बर अफ कमर्श

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिसन्तुलित नीतिको रुपमा आएको छ । नेपाल सरकारको बजेटमा उल्लेखित ८.५ प्रतिशतको आर्थिक वृद्धि ६ प्रतिशत मुनीको मुद्रास्फ्रिती हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्षित उद्देश्य सहहनिय रहेको चेम्बरको धारणा छ । तर त्यस अनुरुप मौद्रिक एंव वित्तिय उपकरणको माध्यमबाट सो लक्ष्य पूर्ण रुपले हासिल गर्ने गरि मौद्रिक नीति आएको अनुभूति हुन सक्ने देखिएन ।   वित्तिय प्रणाली र मौद्रिक व्यवस्थापनमा हाल विभिन्न चूनौतीहरु विद्यमान छन् । दु्रत गतिको आर्थिक गतिविधि विस्तारका लागि उद्योगी एंव व्यवसायीहरुले उ...
Read More

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठबाट अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष आर्थिक ऐन २०७६ को प्रावधानबाट हुने व्यवसायीक समस्याबारे जानकारी

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बरको प्रतिनिधि मण्डलले साउन ७ गते मंगलबारका दिन अर्थमन्त्री डा.युवराज खतिवडा तथा अर्थमन्त्रालयका उच्च पदस्थ अधिकारीसँग भेट गरी हालै सार्वजनिक भएको आर्थिक ऐन २०७६ ले आर्थिक क्षेत्रमा देखिएका बिद्यमान व्यवसायीक कठिनाइ वारे अवगत गराउनु भयो । उहाँले भेहिकल कार्गो ट्रयाकिङ सिष्टम अन्तर्गत वेबमा आधारित ढुवानीको सम्बन्धमा राजश्व अनुसन्धान बिभागबाट वेबमा आधारित ढुवानी प्रणाली अन्तरगत एक स्थानबाट अर्को स्थानमा व्यवसायीक प्रयोजनको माल सामान ओसारपोसार गर्नु पूर्व सो सम्वन्धी बिवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा २०७६ श...
Read More