Author: Nepal Chamber

नेपाल चेम्वर अफ कमर्सले वाढी पहिरो पीडितका लागि संकलित पहिलो चरणको राहत सामाग्री सरकारलाई हस्तारण

नेपाल चेम्वर अफ कमर्सले वाढी पहिरो पीडितका लागि संकलित पहिलो चरणको राहत सामाग्री सरकारलाई हस्तारण गरेको छ । चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठको अगुवाईमा आइतबार गएको चेम्वर प्रतिनिधि मण्डलले सिंहदरवारमा गृह मन्त्री जनार्दन शर्मालाई भेटी संकलित राहत सामाग्री हस्तारण गरेको हो । वाढीपीडितका लागि राहत संकलन गर्न चेम्वरद्धारा गठित म्ष्कबकतभच ःबलबनझभलत ऋभिि का संयोजक एवं चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ललगायतको सहभागितामा गएको प्रतिनिधि मण्डलले पहिलो चरणमा औषधि, खाद्य सामाग्री, त्रिपाल, टेण्ट, म्याट्रेस, लता कपडा लगायतका राहत सामाग्री मन्त्री शर्मालाई हस्तान्तरण गरेको हो । चामल दुई ट्रक, औषधि दुई ...
Read More

२३ सदस्यीय Disaster Management Cell गठन

नेपाल चेम्बर अफ कमर्सको आकस्मिक विशेष वैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाले उत्पन्न भीषण वाढीपहिरोबाट पीडितहरुलाई रु एक करोड एक लाखको (नगद एवं जिन्सी) राहत प्रदान गर्ने निर्णय गरेको छ । दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत पुयाउन चेम्वरले २३ सदस्यीय म्ष्कबकतभच ःबलबनझभलत ऋभिि गठन गरेको छ । म्ष्कबकतभच च्भष्भिा ऋभिि को संयोजकमा चेम्वरका उपाध्यक्ष श्री राजेन्द्र मल्ल एवं सहसंयोजकद्धयमा श्री दीपक मलहोत्रा र श्री किसन अग्रवाल रहनुभएको छ । वाढीपीडित परिवारलाई पाथमिकताको आधारमा रोजगारीका लागि पनि पहल गर्ने निर्णय गरेको छ । वाढीपीडितलाई सहयोग गर्न इच्छुक दाताहरुलाई ग्लोबल आईएमई ब...
Read More

नेपाल चेम्वर अफ कमर्स र भारतस्थित अखिल भारतीय व्यापार महासभाबीच बुधबार राजधानीमा एक कार्यक्रबीच समझदारीपत्र (ःइग्) मा हस्ताक्षर भएको छ

नेपाल चेम्वर अफ कमर्स र भारतस्थित अखिल भारतीय व्यापार महासभाबीच बुधबार राजधानीमा एक कार्यक्रबीच समझदारीपत्र (ःइग्) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सकातर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र अखिल भारतीय व्यापार महासभाकातर्फबाट अध्यक्ष सञ्जय अग्रवालले हस्ताक्षर गर्नु भएको छ । दुई पक्षीय व्यापार अभिबृद्धिका लागि समझदारीमा हस्ताक्षर गरिएको हो । हस्ताक्षर कार्यक्रममा चेम्वरका अध्यक्ष श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षरपछि नेपाल र भारत दुई देशबीचको व्यापार सम्वन्ध अझ वढी प्रगाढ हुने विश्वास व्यक्त गर्नु भयो । नेपाल र भारतबीच संयुक्त व्यवसाय प्रबद्र्धनका लागि आफूहरु तयार रहेको उहा...
Read More

बिद्यमान बितीय तथा मौद्रिक नीति एव आर्थिक क्षेत्रका समसामयिक बिषयबारे निजी क्षेत्रको अवघारणा बिषयक अन्तरक्रिया कार्यक्रम

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल चेम्वर अफ कमर्सले विद्यमान वितीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक विषयबारे निजी क्षेत्रको अवधारणा विषयमा सोमबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले मुलुकको कुल लगानीमा दुई तिहाई भन्दा वढी लगानी निजी क्षेत्रबाट भइरहेको अहिलेको अवस्थामा निजी क्षेत्रको लगानीको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्नुभयो । व्यापार घाटा कम गर्न चुनौती भइरहेको बेला आन्तरिक उत्पादन गर्नुपर्ने आवश्यकतामाथि उहाँंले विशेष जोड दिनुभयो । गत आर्थिक वर्षमा ६ ...
Read More

व्यापारीलाई थुन्ने होइन, सुन्ने हो ः चेम्वर

काठमाडौं । उद्योगी व्यवसायीहरुले बजार अनुगमनपछि व्यवयायीहरुलाई पहिला थुन्ने नभई उनीहरुको कुरा सुन्ने हुनुपर्ने माग राखेका छन् । नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डले मंगलबार मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीसँंग सिंहदरवारमा भेटघाट गरी बजार अनुगमनको नाममा उद्योगी व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको बताए । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलका सदस्यहरुले बजार अनुगमनपछि व्यापारीहरुलाई थुन्ने होइन, सुन्ने काम गर्नुपर्ने बताए । भेटमा चेम्वर अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको बताए । गल्ती गरे कारबाही गर्नुपर्छ भन्ने ...
Read More