Author: Nepal Chamber

आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमाका लागि चेम्बरका सुझाव

आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमाका लागि चेम्बरका सुझाव
नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ । नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि चेम्बरका तर्फबाट सुझावहरू पेश गर्नुभएको हो । अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अध्यक्ष मल्लले बजेटको आकार ठूलो भन्दा पनि कार्यान्यवन गर्न सकिने हुनुपर्ने बताउनुभयो । “कोभिड १९ महामारीको प्रकोपबाट समग्र अर्थतन्त्र र जनजीवन लामो समयसम्म प्रभावित हुने अवस्था रहेकाले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेटको लक्ष्य निर्धारण ...
Read More

चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित
नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित हुनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो । गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गर्नुभयो । चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको गोल्छाले बताउनुभयो । २००५ साल साउन १५ गते जन्मिनुभएका लोकमान्य गोल्छा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष हुनुहुन्थ्यो । हाल उहाँका हंशराज हुलासचन्द एण्ड को., हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावस...
Read More

राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति

राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । ७० औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित हुनुभएको छ । कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गर्नुभएक...
Read More

नेपाल चेम्बरको वार्षिक साधारण सभा समुद्घाटन

नेपाल चेम्बरको वार्षिक साधारण सभा समुद्घाटन
नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएको छ । होटल सोल्टीमा बिहीबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीले चेम्बरको ७० औँ साधारण सभा समुद्घाटन गर्नुभएको हो । साधारण सभा समुद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, निजी क्षेत्र र नागरिक मिलेर सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्नुपर्ने बताउनुभयो । आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्दै रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने उहाँले बताउनुभयो । उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजी क्षेत्रका संस्थ...
Read More

नेपाल चेम्बर गल्फ टुर्नामेन्ट सम्पन्न

नेपाल चेम्बर गल्फ टुर्नामेन्ट सम्पन्न
‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि पूर्व सचिव अर्जुन कुमार कार्कीले जित्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जित्नुभएको हो । रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जित्नुभएको हो । स्टेबल फोर्ड ३/४ ह्यान्डीक्याप फर्म्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन १८ स्कोर जोड्दै उपाधि जित्नुभएको हो । ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बन्नुभयो । महिलातर्फको उपाधि गीता गुरुङले जित्नुभयो । उहाँले ३८ स्...
Read More