२३ सदस्यीय Disaster Management Cell गठन

नेपाल चेम्बर अफ कमर्सको आकस्मिक विशेष वैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाले उत्पन्न भीषण वाढीपहिरोबाट पीडितहरुलाई रु एक करोड एक लाखको (नगद एवं जिन्सी) राहत प्रदान गर्ने निर्णय गरेको छ ।
दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत पुयाउन चेम्वरले २३ सदस्यीय म्ष्कबकतभच ःबलबनझभलत ऋभिि गठन गरेको छ । म्ष्कबकतभच च्भष्भिा ऋभिि को संयोजकमा चेम्वरका उपाध्यक्ष श्री राजेन्द्र मल्ल एवं सहसंयोजकद्धयमा श्री दीपक मलहोत्रा र श्री किसन अग्रवाल रहनुभएको छ ।
वाढीपीडित परिवारलाई पाथमिकताको आधारमा रोजगारीका लागि पनि पहल गर्ने निर्णय गरेको छ ।
वाढीपीडितलाई सहयोग गर्न इच्छुक दाताहरुलाई ग्लोबल आईएमई बैंक लिमिटेड कान्तिपथको खाता नं. ०१०१०१०००६१२३ मा रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।