बाढी पहिरोबाट पिडितलाई राहत

२०७६ असार २६ गते बिहीबारदेखि मुलुकभर परेको अरिवल वर्षा पहिरो, बाढी तथा डुबान लगायतका विपद्मा परी ज्यान गुमाउने व्यक्तिप्रति नेपाल चेम्बर अफ कमर्श उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्ध परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछ ।


वर्षात पछि पनि खोलाको वहाव निरन्तर बढेको र बाढी पहिरोको खतरा भएकोले पिडित बासिन्दाका लागि नेपाल महिला चेम्बरले राहत संकलन गरि नेपाल चेम्बर अफ कमर्शलाई हस्तान्तरण गरेको छ । चेम्बर भवनमा आज भएको एक कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ ज्यूले नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठलाई संकलित राहत समाग्री र केही रकम हस्तान्तरण गर्नुभयो ।

नेपाल महिला चेम्बरले संकलन गरेको २०० किलोग्रामभन्दा बढी चिउरा, चिनी, चाउचाउ, औषधी, ४० पिस ब्याङकेट, महिला, पुरुष, बालबालिकका लागि लत्ता कपडा, विस्कुट सोलार ल्याम्प र केही रकम रहेको नेपाल महिला चेम्बरका सचिव लीमा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल महिला चेम्बरको समूहका महिलाले भाइबरद्धारा राहत संकलनको अभियान चलाएर २ दिनमै संकलन भएको राहत सामाग्री र रकम चेम्बरले छिट्टै बाढी पिडितलाई उपलब्ध गराउने छ ।

नेपाल महिला चेम्बरले उद्यमी व्यवसायी तथा उपभोक्ताहरुमा प्राकृतिक प्रकोपप्रति सजग, सचेत र जिम्मेवार रही सुरक्षित उपाय अवलम्बन गर्न हार्दिक अपिल गर्दछ ।