बाढी पहिरोबाट पर्ने सम्स्या नोक्सानीप्रति सजग, सचेत रहन आग्रह

२०७६ असार २६ गते बिहीबारदेखि मुलुकभर परेको अरिवल वर्षा पहिरो, बाढी तथा डुबान लगायतका विपद्मा परी ज्यान गुमाउने व्यक्तिप्रति नेपाल चेम्बर अफ कमर्श उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्ध परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछ ।


मौसम पूर्वानुमान शाखाद्धारा प्राप्त सूचना अनुसार सोमबारसम्म अविरल वर्षा हुने सम्भावना रहेको र वर्षात पछि पनि खोलाको वहाव निरन्तर बढ्ने र बाढी पहिरोको खतरा हुने भएकोले प्रदेश तथा जिल्ला नगर चेम्बर अफ कमर्शका उद्यमी व्यवसायी तथा उपभोक्ताहरुमा प्राकृतिक प्रकोपप्रति सजग, सचेत र जिम्मेवार रही सुरक्षित उपाय अवलम्बन गर्न हार्दिक अपिल गर्दछ ।

साथै यस अवस्थामा खाद्यवस्तु लगायतका अति आवश्यक वस्तुहरुको नियमित आपूर्ती व्यवस्था सहज, सरल र सुगम बनाउन चेम्बरको उद्यामी, व्यवसायीबाट आवश्यक सहयोग हुने अपेक्षा चेम्बरले लिएको छ ।

साथै राहत तथा उद्दारमा नीजि क्षेत्रबाट हुने सहयोग जिल्ला विपत व्यवस्थापन समिति मार्फत समन्वय गरि वितरण गरिने व्यवस्था नेपाल सरकारबाट जानकारी भएको हुँदा प्रदेश जिल्ला तथा नगर चेम्बर अफ कमर्श र आबद्ध सदस्य, सदस्यहरुबाट सोही अनुसार आवश्यक पहल र कार्यान्वयन गरि सहयोग गरिदिन चेम्बरले हार्दिक अनुरोध गर्दछ ।