नेपाल चेम्वर अफ कमर्सले वाढी पहिरो पीडितका लागि संकलित पहिलो चरणको राहत सामाग्री सरकारलाई हस्तारण

नेपाल चेम्वर अफ कमर्सले वाढी पहिरो पीडितका लागि संकलित पहिलो चरणको राहत सामाग्री सरकारलाई हस्तारण गरेको छ । चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठको अगुवाईमा आइतबार गएको चेम्वर प्रतिनिधि मण्डलले सिंहदरवारमा गृह मन्त्री जनार्दन शर्मालाई भेटी संकलित राहत सामाग्री हस्तारण गरेको हो ।
वाढीपीडितका लागि राहत संकलन गर्न चेम्वरद्धारा गठित म्ष्कबकतभच ःबलबनझभलत ऋभिि का संयोजक एवं चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ललगायतको सहभागितामा गएको प्रतिनिधि मण्डलले पहिलो चरणमा औषधि, खाद्य सामाग्री, त्रिपाल, टेण्ट, म्याट्रेस, लता कपडा लगायतका राहत सामाग्री मन्त्री शर्मालाई हस्तान्तरण गरेको हो । चामल दुई ट्रक, औषधि दुई सय वक्स, त्रिपाल र टेण्ट एक ट्रक र म्याट्रेस तथा लता कपडा एक ट्रक हस्तारण गरिएको हो ।
उक्त राहत हस्तान्तरण कार्यक्रममा चेम्वरका अध्यक्ष श्रेष्ठले थप राहत संकलन गरी संकलित राहत सामग्री हस्तान्तरण गर्दै जाने जानकारी दिनु भयो । जिल्लाजिल्लामा पनि राहत सामाग्री संकलन गर्ने कार्य तीव्र गतिमा भइरहेको उहाँंले बताउनुभयो । श्रावण महिनामा परेको अविरल वर्षाका कारण मुलुकको विभिन्न भागमा गएको भीषण वाढी पहिरोमा परेका पीडित परिवारलाई राहत वितरण गर्ने चेम्वर कार्य समिति वैठकको निर्णय अनुसार राहत संकलन गरी हस्तान्तरण गरेको बताउनु भयो ।
प्रतिनिधि मण्डलमा चेम्वर अध्यक्ष श्रेष्ठ, चेम्वरद्धारा गठित म्ष्कबकतभच ःबलबनझभलत ऋभिि का संयोजक एवं चेम्वरका उपाध्यक्ष मल्ल, उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, महासचिव कमलेश कुमार अग्रवाल, सचिवहरु देवेन्द्र भक्त श्रेष्ठ, सन्तोष कुमार पाण्डे, सहकोषाध्यक्ष राजारत्न तुलाधर र सदस्यहरु दीपक मलहोत्रा, सुरेन्द्रकुमार श्रेष्ठ, निरज राई, राजेन्द्र शेरचन सहभागी हुनुहुन्थ्यो ।