नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठद्धारा फूडटेक उद्घाटन

भक्तपुरको सल्लाघारी चौरमा आजदेखि ४ दिने अन्तराष्ट्रिय फुडटिच मेला शुरु भएको छ ।

ओलप्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफ कमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिनुभयो ।


फुड टिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले फूडटिच मेला दशै आउँदै गर्दाको समयमा सर्हानिय रहेको बताउनुभयो ।

उहाँले यो मेलामा अन्तराष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने भएकाले सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई आत्मसाथ रहेको दाबी गर्नुभयो ।

यो मेलाले नेपाल लगायत विभिन्न मुलुकका विभिन्न क्षेत्रबाट आएका वस्तुको अन्तराष्ट्रिय व्यापारको बजारिकरण हुने उल्लेख गर्नुभयो ।

वातावरण परिवर्तनको नेपालमा असर परेकाले मेलासँगै परेको वर्षाले अवलोकनका लागि सर्वसाधारणलाई गाहे हुने भएकोमा उहाँले आपत्ति जनाउनुभयो ।