चेम्बर र नेपालका लागि रसियाली राजदुतबिच लगानी, व्यापार र पर्यटनबारे छलफल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका लागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभ (Aleksei A. Novikov) सँग भेट गर्नुभएको छ ।

भेटका अवसरमा दुई पक्षिय व्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा छलफल भएको छ ।

सो अवसरमा दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान, व्यापार मेला तथा प्रदर्शनिमा सहभागिताका साथै चेम्बर एक्स्पो २०२० बारे समेत छलफल भएको छ ।

 

सो भेटमा दुई देशबिचको ट्रेड, पर्यटन र लगानीका बारेमा छलफल भएको हो । यस्तै भेटमा नेपाली सामान रसियामा कसरी निर्यात गर्ने बारेमा समेत छलफल भएको हो ।