चेम्बर दिवस –२०७७ तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमा विभिन्न जिल्ला चेम्बर अफ कमर्सले आयोजना गरेका कार्यक्रमहरु

बारा चेम्बर अफ कमर्स

यसै अवसरलाई समय अनुसार दिवस मनाउने शिल सिलामा बारा चेम्बर अफ कमर्सले बारा जिल्ला जितपुर सिमरा वडा नं. २२ चकरीमा रहेको श्री नेपाल राष्ट्रिय आधार भुत बिद्यालयका पचास जना जेहेन्दार तथा गरिव विद्यार्थीहरुलाई शैक्षिक समाग्री र खेलकुद समाग्री वितरण गरियो । करिव तिस हजार मुल्य बराबरको उक्त समाग्री वितरणमा विद्यालय संचालक समितिका अध्यक्ष श्री प्रेम बहादुर लोप्चन र प्रधाना ध्यापक भुपेन्द्र दहालले सहजिकरण गर्नु भएको थियो ।

गोदावरी नगर चेम्बर अफकमर्स, कैलाली


चेम्बर दिवस मनाउने शिल सिलामा कोभिड १९ को स्वास्थ्य प्रोटोकल अनुसार गोदावरी नगर चेम्बर अफ कमर्स कार्य समितिका पच्चिस जनाले रक्तदा नगर्नु भएको छ ।

पोखरा चेम्बर अफ कमर्स, कास्की


चेम्बर दिवस तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षका अवसरमा पोखरा चेम्बर अफ कमर्स, कास्कीको आयोजनामा “संघीयतामा समृद्घि–२०७७” नामक स्मारिका विमोचन गरियो । गण्डकी प्रदेस सरकारका मुख्य मन्त्री श्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीकोे कार्यालयमा एक समारोह बिच बिमोचन गर्नु भयो ।उहाले संघीयतालाई आत्मसात गर्दे बिधान शंसोधन गरी सबै तहमाविस्तार भएको चेम्बरले सबै ठाउमा पहुच र प्रतिनिधित्व बढाउन सुझावदिनु भयो ।

कार्यक्रममा मुख्य मन्त्रीले चेम्बरको सत्तरी बर्षे लोगो सहतिको झण्डा समेत फहराउनु भएको थियो । सो अवसरमा प्रदेस नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा समेतको उपस्थिती थियो ।

झापा चेम्बर अफकमर्स


झापा चेम्बर अफ कमर्सले यस अवसरमा बिर्तामोढ स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा रहेका करिव चालीस जना बृद्घबृद्घालाई भोजन गराएको छ ।

कंचनपुर चेम्बर अफ कमर्स

कंचनपुर चेम्बर अफकमर्सले यस अवसरमास्थानिय रौटोलाधाम स्थित बैजनाथधाम जेष्ठ नागरिकसेवा केन्द्रकाकरिव विसजना बृद्घबृद्घालाई फलफुलउपलब्धगराएको छ ।

धनुषा चेम्बर अफकमर्स


धनुषा चेम्बर अफकमर्सबाटचेम्बर दिवस तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरी बर्षको अवसरमा जानकी बृद्घाश्रम, सन्तबाल अनाथालयमा खाध्यान्न, फलफुल वितरण गरियो । त्यसैगरी जनकपुरधाम बजार परिक्रमा गरी मास्क, सेनीटाइजर तथा कोरोना सचेतनाका लागि चेम्बरले तयार गरेको पर्चा वितरण गरिएको थियो । सांझ दिपावलीको आयोजना गरियो ।

बाके चेम्बर अफ कमर्स


बाकेचेम्बर अफ कमर्सले यस अवसरमा नीलसागर आश्रम नेपालगंजमा रहेका बृद्घबृद्घाहरुलाई फलफुल उपलब्ध गराईयो । सो अवसरमा आश्रमलाई नगद रु. सातहजार दिईएको थियो । आश्रमले पानसमा बत्तिबालेर चेम्बरको उत्तरोत्तर प्रगतीको कामना गरेको थियो ।

महोत्तरी चेम्बर अफ कमर्स


महोत्तरी चेम्बर अफकमर्सबाट चेम्बर दिवस तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरी बर्षको अवसरमापारेर हालै गठन भएको चेम्बर अफकमर्सकोकार्यालय उद्घाटन गरियो । बर्दिवासमा रहेको कार्यालयको प्रदेससभा सदस्यश्री शारदा देवीथापाले एक समारोह विचउद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख बिदुर कुमार थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण बहादुर कटुवाल समेतको उपस्थिती थियो ।

काभ्रे चेम्बर अफ कमर्स
काभ्रे चेम्बर अफकमर्सले यस अवसरमा लायन्स क्लवअफ काठमाण्डौं टेम्पल चण्डेश्वरीको संयुक्त आयोजनामा रोगले भन्दा भोकले नमरुन भन्ने सोचले बनेपामा एक सय भन्दा बढीलाई भोजन गराईएको थियो ।

गुल्मी चेम्बर अफ कमर्स


गुल्मी चेम्बर अफ कमर्सले यस अवसरमा स्थानिय गुल्मी अस्पताललाई सर्जिकल मास्क, सेनिटाइजर उपलब्ध गराएको थियो ।

चितवन चेम्बर अफ कमर्स


चितवन चेम्बर अफ कमर्सले यस अवसरमा“कोरोना संक्रमितको आव्हान, हाम्रो साझा अभियान, मैले जितें कोरोना, गर्छु प्लाज्मादान”भन्ने नाराका साथप्लाज्मा संकलनका लागी रक्तदानको आयोजना गरियो । कार्यालय रहेको नारायणगढमा प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टराईबाट नेपाल चेम्बरको सत्तरी बर्षको लोगो रहेकोे झण्डाको झण्डोत्तलन संगै प्रारम्भ भएको रक्तदानमा शसस्त्र प्रहरी बलकाबाह्रजनाले रक्तदान गर्नु भएको र यसलाई अझ केहि दिन संचालन गरी एक सय पचास पाउण्ड रगत संकलन गरिने कार्यक्रम रहेको छ । यस कार्यमा राप्ती नगर पालिका प्रमुख श्री प्रभाव बरालको सकृय सहयोग र भरतपुर महानगर पालिकाको सहयोग रहेको छ ।

अर्घाखाची चेम्बर अफ कमर्स
चेम्बर दिवस तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमा राहत रकम हस्तान्तरण गरियो ।जिल्ला विपदब्यव स्थापन समितिमार्फत अर्घाखांची चेम्बर अफ कमर्सले सितगंगा नगर पालिकाका प्रमुख

श्री सुर्य प्रसाद अधिकारीलाई हालै आएको पहिरोबाट पिडित हुनु भएकाहरुलाई राहत उपलब्ध गराउन रु. पच्चिस हजारको चेक हस्तान्तरण गरियो ।शुभकामना आदान प्रदान कार्यक्रमबाट शुरुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्यश्री चेत नारायण आचार्य, विशिष्ट अतिथिसित गंगा नगर पालिकाका प्रमुख श्री सुर्य प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी श्री विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी श्री विनोद राज खनाल,जिल्ला पत्रकार महासंघका सचिव श्री सुर्य प्रसाद भुषाल तथा प्रतिनिधि श्री सुमन घिमिरेको उपस्थिती रहेको थियो ।

गोरखा चेम्बर अफकमर्स
चेम्बर दिवस तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमा गोरखा चेम्बर अफ कमर्स र लायन्स क्लवको संयुक्त आयोजनामा रक्तदानको

कार्यक्रम गरियो । करिव चालिस पाउण्ड रगत संकलन भएको थियो । यसका साथै चेम्बर कार्यालयमा जिल्ला समन्वय समितिका उपप्रमुख श्री जानुका अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल चेम्बर अफ कमर्स तथा चेम्बरको सत्तरी बर्षको लोगो अंकित झण्डा फहराउने कार्यक्रम भएको थियो ।

रुपन्देही चेम्बर अफ कमर्स(ब्यापार संघ)


चेम्बर दिवस तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमा रुपन्देही चेम्बर अफ कमर्सले रक्तदानको आयोजना गर्यो ।

कोभिड १९ को प्रकोपमा रक्त अभावभई रहेकोले कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम बाट ७२ प्वाईण्ट रगत संकलन भएको थियो ।

कपिलवस्तु चेम्बर अफकमर्स(ब्यापार संघ)


चेम्बर दिवस तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमा कपिलबस्तु  चेम्बर अफ कमर्सले शुभकामना आदान प्रदानको कार्यक्रम गरियो । लुम्बिनीप्रदेस सभा सदस्य श्री अर्जुन केसीको प्रमुख आतिथ्यता, शिवराज नगर पालिकाका प्रमुख श्री नेत्रराज अधिकारीको विशिष्ट आतिथ्यता, ईलाका प्रशासन कार्यालयका प्रमुख तथा चन्द्रौटा उबा संघका महासचिव श्री दमन भाटको उपस्थिती रहेको थियो । त्यसै गरी कोभिड १९ को कारण शिवराज नगरपालिकाको आईसोलेसन सेण्टरमा रहनु भएकातिस जना महानुभावहरुलाई खाजा तथा फलफुल वितरण गरिएको थियो ।

मलंगवा चेम्बर अफ कमर्स


चेम्बर दिवसका अवसरमा मलंगवा स्थित सर्लाही अस्पताल तथा बाल मन्दिरमा फलफुल तथा मास्क बितरण गरेको छ ।

 

हरिवन चेम्बर अफ कमर्स


चेम्बर दिवस तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसर पारेर हरिवन चेम्बर अफ कमर्सले आफ्नो कार्यालय संचालन माल्याएको छ । प्रदेस सभासदश्री डिल्ली प्रसाद उप्रेतीले एक समारोह बिचउद्घाटन गर्नु भयो । उद्धाटन पश्चात सुरक्षाकर्मीलाई र हरिवन बजारमा मास्क बितरण तथा सांझ केक काटी दिपावली गरिएको थियो ।

तेह्रथुम चेम्बर अफकमर्स


प्रभात फेरीको रुपमाबजारमामास्कतथा सेनीटाइजरको वितरण र प्रयोग गर्नुपर्ने भन्ने जनचेतनामुलककार्यक्रमको आयोजना गरीमनाइएको थिया ।

बीरगंज चेम्बर कमर्स, पर्सा,


चेम्बर दिवसको २०७७को अवसर तथानेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमा बीरगंज चेम्बर अफ कमर्सले मानव सेवा आश्रम बीरगंजमा फलफुल वितरण गरिएको थियो ।

काठमाण्डौं चेम्बर कमर्स


चेम्बर दिवसको २०७७को अवसर तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमा काठमाण्र्डौ चेम्बर अफ कमर्सले पशुपतीनाथ मन्दिर परिसरमा फलफुल तथा मास्क वितरण गरिएको थियो ।

तारकेश्वर नगर चेम्बर कमर्स,काठमाण्डौं


चेम्बर दिवसको २०७७ को अवसर तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमा तारकेश्वर नगर चेम्बर अफ कमर्सले तारकेश्वर नगरपालिका वडा नं. ६को अपांग सेवा समाजमा फलफुल, कुखुराको मासु तथा खाध्य समाग्री हस्तान्तरण गरिएको थियो ।

 

ललितपुर चेम्बर कमर्स

चेम्बर दिवसको २०७७को अवसर तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमाललितपुर चेम्बर अफकमर्सले Special Zoom Talk Programme को आयोजनागरियो । Role Of Nepal Chamber Of Commerce In the Economy Development Of Nepal n As Dilemma Of Industry n Business people बिषयकजुम टक प्रोग्राममा तिस जिल्ला चेमबर अफ कमर्सका अध्यक्षहरु सहभागि रहनु भएको थियो ।

गल्याङ चेम्बर कमर्स, स्याङ्जा


चेम्बर दिवसको २०७७ को अवसर तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमा गल्याङ चेम्बर अफ कमर्सले गल्याङ नगरपालिका वडा नं. ३, नया वजारमा सत्तरी ओटा मैन बत्ती दीवप्रज्ज्वलन गरी मनाईयो ।