चेम्बरद्धारा रक्तपरिक्षण शिविर

विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स तथा एसआरएल डाइग्नोसिस प्रा.लि.को संयुक्त तत्वावधानमा रक्तपरिक्षण कार्यक्रम शुरु भएको छ ।

 

सहुलियत दरमा आजदेखि भएको २ दिने रक्तपरिक्षणमा एचबिएसएजी ÷HBsAg-Rapid Screen Text थाइराइड प्रोफाइल टेष्ट Thyroid Profile Test(T3,T4,Ts) र सुगर Sugar -Random_को रक्तपरिक्षण सम्बन्धित बिज्ञ डाक्टर एंव प्राविधिकबाट गरिएको छ ।

आज पहिलो दिन चेम्बरका पदाधिकारी, कर्मचारी वस्तुगत एंव अन्य आबद्ध संघका पदाधिकारी एंव सदस्यहरु, उद्योगी व्यवशायी एंव सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको समेत उपस्थिती भई रक्तपरिक्षण गरिएको छ ।

भोली १५ साउन २०७६ बुधबार समेत अपरान्ह् १ बजेदेखि साढे ५ बजेसम्म रक्तपरिक्षण कार्यक्रम रहेको छ ।

सो कार्यक्रमको आयोजना चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितीको सक्रियतामा भएको र सो समारोहमा बोल्दै समितीका सभापती दिपक काजी तुलाधरले विगत केही वर्षदेखि नै चेम्बरले यस किसिमका सचेतनामूलक कार्यक्रम गरीएको र यसको श्रृंखलाको रुपमाा यो कार्यक्रम प्रभावकारी रुपमा गरिएको बताउनुभयो ।