खिचापोखरी न्युरोड व्यापार संघले वाढीपीडितका लागि बुधबार सहयोग हस्तान्तरण गरेको छ ।

खिचापोखरी न्युरोड व्यापार संघले वाढीपीडितका लागि बुधबार सहयोग हस्तान्तरण गरेको छ । संघले नेपाल चेम्वर अफ कमर्सले वाढीपीडितको सहयोगार्थ गठन गरेको Disaster Management Cell लाई नगद र जिन्सी सामान हस्तान्तरण गरेको हो । नगद एक लाख एक हजार एक सय ११ रुपैयाँं बराबरको चेक र एक लाख बराबरको आठ पोका जिन्सी सामान गरी कुल दुई लाख एक हजार एक सय ११ रुपैयाँं बराबरको राहत सहयोग हस्तान्तरण गरेको हो ।

चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठलाई खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष मनोजबाबु श्रेष्ठले राहत हस्तान्तरण गरेका हुन् । नेपाल चेम्वर अफ कमर्सले वाढीपीडितलाई सहयोग गर्न गठन गरेको  Disaster Management Cell का संयोजक एवं चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ल, चेम्वरका महासचिव कमलेश कुमार अग्रवाल, चेम्वरका सहकोषाध्यक्ष राजारत्न तुलाधर, खिचापोखरी न्युरोड व्यापार संघका संस्थापक अध्यक्ष राजेन्द्र शेरचन, वरिष्ठ उपाध्यक्ष गोपाल महर्जन, उपाध्यक्ष गणेशकुमार न्यौपाने, महासचिव भरत वडाल, कोषाध्यक्ष खिलबहादुर रोक्कालगायतका महानुभाबहरुको उपस्थितिमा राहत हस्तान्तरण गरिएको हो ।