उद्यमी व्यवसायीहरु यही जनवरी ७ र ८ मा भारतको पश्चिम बंगालमा आयोजना भएको “बंगाल ग्लोबल बिजनेश समिट –२०१५” मा सहभागी भएर स्वदेश फर्किए

Bengal

अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको उद्यमी व्यवसायीहरु यही जनवरी ७ र ८ मा भारतको पश्चिम बंगालमा आयोजना भएको “बंगाल ग्लोबल बिजनेश समिट –२०१५” मा सहभागी भएर स्वदेश फर्किएका छन् ।

विभिन्न देशका उद्यमी व्यवसायीहरु सहभागी भएका उक्त मेलामा नेपाल चेम्वर अफ कमर्सको नेतृत्वमा हस्तकला, पश्मिना, चिया, धातु तथा धातुजन्य बस्तु तथा गार्मेन्ट संग सम्बन्धित बस्तुहरु प्रदर्शनी गरिएका थिए ।

प्रमुख अतिथीका रुपमा “युनियन मिनिष्टर अफ फिनान्स, कोअपरेटिभ अफेयर्स एण्ड इन्फर्मेशन एण्ड ब्रोडकाष्टि·” मन्त्री श्री अरुण जेटली रहनु भएका उक्त कार्यक्रममा पश्चिम बंगालका उद्योग तथा अर्थमन्त्री डा. अमित मित्राले संवोधन गर्नु भएको थियो । उपस्थित सहभागीलाई पश्चिम बंगालका मुख्य मन्त्री ममता बेनर्जीले स्वागत गर्नु भएको थियो ।

“ युनियन मिनिष्टर अफ रोड ट्रान्सपोटर्, हाई वे एण्ड सिपि·” मन्त्री श्री नितिन गडकरीले सम्वोधन गर्नु भएको दोस्रो सत्रमा चेम्वरका अध्यक्ष श्री राजेश काजी श्रेष्ठले कोलकाता र काठमाडौं बीचको हवाई उडान वृद्धि गर्नु पर्नेमा जोड दिदैं सहभागी राष्ट्रहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नु भयो अध्यक्ष श्रेष्ठले नेपालका निजी क्षेत्र उर्जा, पर्यटन, कृषि, भौतिक पूर्वाधार, खानी लगायतका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनु भएको थियो । भारतसंगको विद्युत व्यापार सम्झौता, विद्युत उत्पादन सम्झौता, तथा विप्पा सम्झौताले नेपालमा लगानीको वातावरण बन्दै गएकोले सहभागीहरुलाई नेपाल भ्रमण गरी लगानीको सम्भावना अध्ययन गर्न समेत अनुरोध गर्नु भएको थियो । नेपालको सहभागिताले निर्यात योग्य बस्तुहरुको प्रचार प्रसार भई निर्यात व्यापार बढने तथा सहभागी राष्ट्रहरुबाट लगानी आकर्षित हुने अपेक्षा गरिएको छ ।