अध्यक्ष भियतनामतर्फ प्रस्थान

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ आज बिहीबार भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । उहाँले भियतनाम र कम्बोडियामा हुने सम्मेलनमा आफ्ना मत राख्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टोली भ्रमणमा अध्यक्ष डा. श्रेष्ठ निजी क्षेत्रको तर्फबाट सहभागि हुनुभएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष मार्फत उहाँ बैदेशिक भ्रमणमा लाग्नुभएको हो ।