नवनियुक्त प्रधानमन्त्री तथा चेम्बरका प्रतिनिधिमण्डलबीच भेटघाट
2 June 2009
२०६६ जेठ १९
नवनियुक्त प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा उद्योग व्यवसाय फस्टाएमा मात्र सबै किसिमको द्वन्द्वको अन्त्य हुने र मुलुकको समग्र क्ष्ँेत्रको विकास हुने बताउनु हुदै सरकार निजी क्ष्ँेत्रसंग हातेमालो र सहकार्य गर्न कटिबद्ध रहेको बताउनु भयो ।
उहांले उक्त कुरा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारको नेतृत्वमा गएका व्यापारिक प्रतिनिधिमण्डलसंगको भेटघाटमा बताउनु भएको हो ।
सो अवसरमा प्रधानमन्त्री नेपालले मुलुकमा उद्योग व्यवसायको विकसबाट नै रोजगारी बढ्ने, आर्थिक उन्नति एवं विकास संभव हुने, भौतिक पर्ूवाधारहरुको निर्माण हुने, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुको विकास हुने बताउनु हुदै मुलुकलाई चक्का जाम, बन्द, हड्तालको चक्रव्यूहबाट मुक्त गर्नु पर्ने समय आइसकेको बताउनु भयो ।
प्रधानमन्त्री नेपालले मुलुकको सम्पर्ूण्ा व्यवस्थाहरुमा पारदर्शीता आउनु जरुरी रहेको बताउदै यही सर्न्दर्भमा सरकारले सम्पर्ूण्ा नागरिकहरुको लागि युनिक परिचय नम्बर लागू गर्ने सोच रहेको बताउनु भयो । साथै उहांले मुलुकको पर्यटन, जलश्रोत, कृषि, पर्ूवाधार क्ष्ँेत्र लगायत अन्य क्षेत्रको विकासका लागि दूरगामी उद्देश्य सहित सरकारले आफ्ना कार्यक्रमहरु कार्यन्वयन गर्ने जानकारी दिनु भयो ।
भेटघाट कार्यक्रममा चेम्बर अध्यक्ष सुरेन्द्र बीर मालाकारले राजनीति र अर्थनीति भनेको एउटै सिक्काका दर्ुइ पाटा हुन् र जबसम्म राजनीतिको विकाससंगै अर्थतन्त्रको विकास हुदैन तबसम्म मुलुकले फड्को मार्न नसक्ने कुरा व्यक्त गर्नु भयो ।
अध्यक्ष मालाकारले भ्याटलाई नेपाल सरकारले आम्दानीको मुख्य श्रोतको रुपमा स्थापित गर्न बहुदर भ्याट प्रणाली लागू गर्नु पर्ने बताउनु हुदै सम्पत्ति कर ऐन अहिलेको समयमा ल्याउनु नहुने र सरकारले कुनै पनि नीति नियमहरु निर्माण गर्दा सरोकारवालाहरुसंग यथेष्ट मात्रामा गृहकार्य र छलफल गरी कायर्ँन्वयन गर्दा अझ बढी प्रभावकारी र त्यसले बढी मान्यता प्राप्त गर्ने विचार व्यक्त गर्नु भयो ।
यसैगरी उहांले कवाडी कर, सिन्डिकेट प्रणाली जस्ता व्यवस्थाहरुले गर्दा महंगीको चाप बढ्न गई आम जनताको जीवन कष्टकर बनिरहेको र्सर्न्दभमा यस्ता व्यवस्थाहरुको यथास्रि्र अन्त्य गरी आम जनतालाई राहत दिनु पर्ने विचार व्यक्त गर्नु भयो ।
अध्यक्ष मालाकारले नेपालको संविधानमा निजी क्ष्ँेत्रको हक र अधिकारको सुनिश्तिताका प्रत्याभूति हुनु पर्ने बताउनु हुदै बजारमुखी अर्थतन्त्र, विश्वव्यापीकरण र स्वतन्त्र क्ष्ँेत्रीय व्यापार व्यवस्थाको सर्न्दर्भमा सामान्जस्यपर्ूण्ा आर्थिक नीतिको प्रतिबद्धता पनि व्यक्त हुनु पर्ने कुरामा जोड दिनु भयो ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सुरेश कुमार बस्नेत, द्वितीय उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, महासचिव किशोर कुमार अग्रवाल, सचिवद्वय महेन्द्र मान श्रेष्ठ तथा राजेश बाबु श्रेष्ठ र कोषाध्यक्ष राजेन्द्र मल्लको सहभागिता थियो ।
यसैगरी का.स.सदस्यहरु कमल कुमार बेगानी, हिक्मत बहादुर माली, शिवभगवान अग्रवाल, देवेन्द्र भक्त श्रेष्ठ, राजा रत्न तुलाधर, सन्तोष कुमार पाण्डे, सुभास चन्दं्र संर्घाई, अन्जान शाक्य, कृष्ण मान श्रेष्ठ, कैलाश चन्द्र गोयल, परशुराम दाहाल र रामशरण पाण्डेको उपस्थिति थियो ।
दैनिक उपभोग्य वस्तुहरुको आपर्ूर्ति तथा बजार मूल्य वृद्धि बारे अन्तरक्रिया
12 June 2009
मुलुकमा विद्यमान आपर्ूर्तिको व्यवस्थालाई र्सवसुलभ बनाउन चक्काजाम, बन्द, हड्ताल जस्ता क्रियाकलापहरु सदाको लागि बन्द गरिनु पर्ने र आकासिदो महंगीलाई नियन्त्रण गर्न बजार सूचना प्रणालीलाई प्रभावकारी रुपमा विकास गर्नु पर्ने कुरा आज चेम्बरमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सद्धारा आयोजित उक्त कार्यक्रमका सहभागीहरुले सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न र आपर्ूर्ति र्सवसुलभ गर्न सरकारले बफर स्टकको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने, तरकारी/फलफुलमा देखिएको मूल्यको समस्या समाधानका लागि छुट्टै तरकारी नीति निर्माण गर्नु पर्ने तथा संचार माध्यमहरुले पनि यस विषयमा सकारात्मक भूमिका निभाउनु पर्ने बताएका छन् ।
कार्यक्रममा वाणिज्य तथा आपर्ूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले आपर्ूर्तिलाई व्यवस्थित गर्नका लागि सरकारले चाडै नै सरोकारवालाहरुको सहकार्यमा आपर्ूर्ति नीति ल्याउन लागेको जानकारी दिनु हुदै बजारमा देखिएको मूल्य वृद्धिको कारक तत्व कार्टर्ेेंग भएको बताउनु हुदै यसको समाधानका लागि सरकारले कडा भन्दा कडा कदम चाल्ने बताउनु भयो ।
सचिव ओझाले अन्तर्रर्ााट्रय मूल्य वृद्धिको कारणले भएको मूल्य वृद्धिलाई नियन्त्रण गर्न गाह्रो पर्ने भएको भन्नु हुदै आन्तरिक कारणले हुने गरेको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले बजार अनुगमन एवं बजार हस्तक्षेप जस्ता कार्यक्रमहरुलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताउनु भयो । साथै उहांले खाद्यँन्न पदार्थमा मिसावट गरी उपभोक्तालाई ठग्ने जोसुकैलाई पनि सरकारले कडा कारवाही गर्ने बताउनु हुदै निजी क्ष्ँेत्रले पनि व्यावसायिक सामाजिक उत्तरदायित्वलाई आत्मसात् गरी आफ्नो उद्योग व्यवसाय संचालन गर्नु पर्ने सुझाव दिनु भयो
सचिव ओझाले मुलुकमा आपर्ूर्ति प्रणालीलाई व्यवस्थित गर्न, बजार सूचना केन्द्रको व्यवस्था गर्न, बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा उपभोक्ता चेतना कार्यक्रमहरु संचालन गर्ने उद्देश्यले छिट्टै नै आपर्ूर्ति व्यवस्था विभाग गठन गर्ने तयारी गरिरहेको र उपभोक्ता संरक्षण ऐनलाई पनि समयसापेक्ष परिमार्जन एवं सुधार गर्न लागिएको जानकारी दिनु भयो ।
कार्यक्रममा चेम्बर अध्यक्ष सुरेन्द्र बीर मालाकारले मुलुकको राजनीतिक अस्थिरता र अव्यवस्था तथा दिनहूं हुने गरेको चक्का जाम, बन्द, हड्ताल जस्ता क्रियाकलापहरुले गर्दा आपर्ूर्ति र्सवसुलभ र सहज हुन नसकेको तथा मूल्य वृद्धि पनि भइरहेको बताउनु भयो ।
अध्यक्ष मालाकारले राजनीतिक संरक्षणले गर्दा मूल्य वृद्धिको प्रमुख कारक मध्येको एक सिण्डिकेट प्रणाली खारेज हुन नसकेको बताउनु हुदै यस्ता प्रणाली लगायत कवाडी कर एवं कार्टर्ेेंगको खारेजीको लागि सरकार तथा राजनीतिक पार्टर्ीी जिम्मेवार हुनु पर्ने विचार व्यक्त गर्नु भयो ।
अध्यक्ष मालाकारले निजी क्ष्ँेत्र पनि कुनै नै कुनै प्रकारले उपभोक्ता भएको बताउनु हुदै मूल्य वृद्धि घटाउन र आपर्ूर्ति व्यवस्थालाई र्सवसुलभ बनाउन सरकारसंग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
नेपाल चेम्बर अफ कमर्सका का.स.सदस्य तथा खुद्रा खाद्य एवं आपर्ूर्ति समितिका सभापति कृष्णमान श्रेष्ठले बजार मूल्य नियन्त्रणका लागि सरकारले उपभोक्ता सूचना केन्द्रको स्थापना गर्नु पर्ने सुझाव दिनु हुदै खाद्यान्नको मूल्य वृद्धि हुनुमा मुलुकको राष्ट्रिय नीति पनि जिम्मेवार रहेको बताउनु भयो ।
यसैगरी चेम्बरका वरिष्ठ उपाध्यक्ष सुरेश कुमार बस्नेतले बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा मूल्य वृद्धि नियन्त्रण गर्न एवं आपर्ूर्ति प्रणालीलाई व्यवस्थित गर्न सरकारसंग निजी क्ष्ँेत्र सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
नेपाल चेम्बर अफ कमर्स र कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच भेटघाट
9 June 2009
२०६६ जेठ २६
"आर्थिक समुन्नती एवं सामाजिक न्यायका लागि बन्द, चक्काजाम सदाका लागि अन्त्य गरौं" भन्ने नारा सहित मुलुकको विभिन्न जिल्लास्थित उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमण गर्ने क्रममा कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलले आज चेम्बरका पदाधिकारी एवं का.स.सदस्यहरुसंग भेट गरी सुदूरपश्चिमाञ्चल क्ष्ँेत्रको विकास तथा मुलुकको आर्थिक विकासका सम्बन्धमा छलफल गर्नु भएको छ ।
प्रतिनिधिमण्डलको स्वागत गर्नु हुदै चेम्बरका अध्यक्ष सुरेन्द्र बीर मालाकारले सुदूरपश्चिमाञ्चल क्षेत्रको विकासका लागि संघले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नु हुदै सरकारले निजी क्षेत्रलाई आर्थिक विकासका पर््रवर्द्धकको रुपमा स्थापित गराउनु पर्ने विचार व्यक्त गर्नु भयो । उहांले सरकारले र्सार्वजनिक-निजी साझेदारीको अवधारणामा निजी क्ष्ँेत्रको भूमिका स्पष्ट रुपमा व्याख्या गर्नु पर्ने बताउनु हुदै ग्रामीण अर्थतन्त्रको विकास तथा मुलुककै र्सवांगिन विकासमा यस अवधारणाले महत्वपर्ूण्ा भूमिका खेल्ने बताउनु भयो ।
अध्यक्ष मालाकारले मुलुकको आर्थिक विकासका लागि चक्काजाम, बन्द, हड्ताल जस्ता क्रियाकलापहरु सदाका लागि बन्द हुनु पर्नेमा जोड दिनु हुदै निहित स्वार्थका लागि गरिने यस्ता बन्द, हड्तालले मुलुकको विकासमा प्रतिकूल असर पार्ने विचार व्यक्त गर्नु भयो ।
प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेशराज भण्डारीले सुदूरपश्चिमाञ्चल क्ष्ँेत्रमा लगानीका विभिन्न संभावनाहरु रहंदा रहदै पनि यस्को व्यापक प्रचार प्रसारको कमीले गर्दा यो क्ष्ँेत्र अन्य क्ष्ँेत्रको तुलनामा पछि परेको बताउनु हुदै यस क्ष्ँेत्रको विकासका लागि सरकारले विशेष नीति तथा कार्यक्रम तर्जुमा गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
अध्यक्ष भण्डारीले सुदूरपश्चिमाञ्चल क्ष्ँेत्रको विकासका लागि कैलाली उवासंघको अगुवाईमा त्यस क्ष्ँेत्रमा रहेको एकमात्र विमानस्थल गेटा विमानस्थलको स्तरोन्नती एव यसलाई क्ष्ँेत्रीय विमानस्थलको रुपमा विकास गर्ने अभियानमा कार्य गर्दै आइरहेको जानकारी दिनु हुदै संघको आयश्रोत बर्ढाई स्थानीय विकास निर्माणमा संघको योगदान बढाउन संघले "एक पैसे" अभियानलाई शुभारम्भ गरेको, जडिबुटी विकास तथा यससंग सम्बन्धित प्रशोधन उद्योग स्थापना गर्न संम्भाव्यताका लागि पतञ्जली योगपिठ भारतसंग छलफल भइरहेको, सुदूरपश्चिमाञ्चल क्ष्ँेत्रमा रहेका पर्यटकीय गन्तव्यस्थलको प्रचार प्रसार एवं पर््रवर्द्धनका कार्यहरु गरिरहेको जानकारी दिनु भई यी कार्यक्रमहरुलाई सफल बनाउन नेपाल चेम्बर अफ कमर्सको सहयोगका लागि अनुरोध गर्नु भयो ।
नेपाल चेम्बर अफ कमर्सका महासचिव किशोर कुमार अग्रवालले निजी क्ष्ँेत्रका प्रतिनिधिमूलक संस्थाहरुको उद्देश्य भनेको नै निजी क्ष्ँेत्रको हकहितको सर्म्वर्द्धन गरी मुलुकको आर्थिक विकास गर्नु रहेकोले नेपालमा रहेको विभिन्न संघसंस्थाहरुबीच नजिकको सम्बन्ध रहनु पर्नेमा जोड दिनु भयो । साथै उहांले जिल्लाका उद्यमी व्यवसायीहरुको समस्या समाधान एवं उनीहरुको हकहित सर्म्वर्द्धनका विषयमा चेम्बर सहयोग गर्न सदैव तत्पर रहेको बताउनु भयो ।
उक्त अवसरमा चेम्बरका कोषाध्यक्ष राजेन्द्र मल्ल, का.स.सदस्यहरु देवेन्द्र भक्त श्रेष्ठ, राजारत्न तुलाधर, सन्तोष कुमार पाण्डे तथा कृष्णमान श्रेष्ठ लगायत प्रतिनिधिमण्डलको सदस्यहरुको सहभागिता थियो ।
Invitation to the Match-making Event, January 26-28, 2009 in Kathmandu, Nepal
3 October 2008
Nepal Chamber of Commerce in cooperation with the European Union is organizing a "Match-making Event" on January 26-28, 2009 for the SMEs particularly involved in IT and IT-enabled services.
This Match-making Event is a part of the NEP-AL IT (Nepal Europe Pakistan Alliance on Information Technology) Project being funded by the EU-Asia Invest Program. NEP-AL IT is a project that aims to contribute to the development of EU-Asia business relations, enhancing internationalisation of SMEs in the ICT sector of the involved countries.
Consortium School and Labour (CSL) Milan of Italy is the leading organization of this project while Chamber of Commerce and Industry from Romania (Chamber of Commerce and Agriculture of Bistrita Nasaud Region), Pakistan (Karachi Chamber of Commerce & Industry), Slovenia (Chamber of Commerce and Industry of Slovenia), Latvia (Latvian Chamber of Commerce and Industry), and Nepal Chamber of Commerce are the partners of this project.
During the Match-making Event, it is estimated that about 160 ICT companies from the involved countries will participate. Among them 110 companies will come from Europe while 50 will join from Asian countries as follows: 30 companies from Italy, 20 companies from Romania, 30 companies from Latvia, 20 companies from Slovenia, 20 companies from Pakistan and 30 companies from Nepal.
So, interested companies are requested to submit their company profile to Nepal Chamber of Commerce Secretariat and also subscribe in the website www.nepalit.eu to participate in the event.
For further information you are requested to contact Mr. Anup Kumar Shrestha or Mr. Jyoti Raj Dhungel of Nepal Chamber of Commerce.
Meeting with the Indian Ambassador Dr. Rakesh Sood
19 June 2008
The Indian Ambassador to Nepal, Dr. Rakesh Sood in a discussion with the delegation of Nepal Chamber of Commerce said that Government of India is very positive in assisting for economic development of Nepal and informed that Indian Embassy in Kathmandu is helpful to solve the problems arise in the trade between Nepal and India.
During the meeting, Dr. Sood reiterated that the problems of bilateral trade issues should be solved bilaterally and he will work to promote tourism and investment between Nepal and India. Furthermore, he informed that he would also raise the issue of simplification on issuing a Permit for Nepalese vehicles to ply in India.
Accordingly, President of Nepal Chamber of Commerce Mr. Surendra Bir Malakar lauded the role of India in the economic development of Nepal and urged that Government of India should provide more facilities and preferences to the Nepalese exportable goods to lessen a trade gap between Nepal and India.
He opined that there is a huge potential of joint ventures between Nepal and India in a hydro power sector and further requested the Ambassador to help in promoting Nepalese tourism in India. Meanwhile, talking about the CEPA and Transport Agreement, Mr. Malakar opined that there should be an extensive meetings among the stakeholders before reaching to any agreement.
In the meet, 1st Vice-President of NCC Mr. Suresh Kumar Basnet, Secretary General Mr. Bhakta Bahadur Malla and Executive Committee Member Mr. Kishor Kumar Agrawal was present, while Economic counsellor of Indian Embassy Mr. Harsha K. Jain was also present.