Home | Contact | Feedback


Home
Introduction
About Nepal
Executive Members
Secretariat
Policies
Publication
Press Releases
Members Information
Honorary Representative Abroad
Photo Gallery
Related Sites


Currency Buying Selling
US 74.55 75.15
Euro 95.48 96.24
Pound 114.60 115.52

More



View Detail
Home » Press Releases
Press Releases

नेपाल र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल

२०६६ असोज ३०

अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. शंकर शर्माले आज चेम्बरका अध्यक्ष लगायत पदाधिकारीहरुसंग भेटघाट एवं छलफल गरी आफ्नो कार्यकालमा नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने र नेपालको आर्थिक विकासका लागि ठोस कार्यहरु गर्ने बताउनु भयो । निजी क्ष्ँेत्रको विकासबाट नै मुलुकको विकास हुने विचार व्यक्त गर्दै सो अवसरमा राजदूत डा. शर्माले अमेरिकामा नेपाली उत्पादनहरुको पर््रवर्द्धनका लागि विभिन्न पर््रवर्द्धनात्मक कार्यहरु गर्ने बताउनु हुदै अमेरिकी बजारमा तयारी पोशाक लगायतका वस्तुहरुको भन्सार रहित पहूंचका लागि प्रयासरत रहने बताउनु हुदै यस कार्यमा सहयोग गर्न अनुरोध पनि गर्नु भयो । भेटघाट कार्यक्रममा चेम्बरका अध्यक्ष सुरेन्द्र बीर मालाकारले नेपालको निजी क्ष्ँेत्र तथा आर्थिक क्ष्ँेत्रका विषयमा विज्ञता हासिल गर्नु भएको व्यक्ति अमेरिका जस्तो नेपालको मुख्य व्यापारिक साझेदार मुलुकको राजदूतको रुपमा पाउनु उत्साहजनक रहेको बताउदै उहांका कार्यकालमा नेपाल र अमेरिकाबीचको आर्थिक, व्यापारिक एवं मैत्रीपर्ूण्ा सम्बन्धमा नयां आयामहरु थपिने विश्वास गर्नु भयो। अध्यक्ष्ँ मालाकारले नेपाली निर्यातयोग्य वस्तुहरु जस्तैं पश्मिना, हस्तकला, छाला, नेपाली कागज, सुन तथा चांदीका गरगहनाहरु अमेरिकामा निर्यात गर्न सकिने प्रचुर संभावना भएकोले यस्को व्यापार पर््रवर्द्धन तथा बजार पहूंचको लागि महामहिम राजदूतको सहयोगको अपेक्षा गर्दै अमेरिकाले हालसम्म पनि नेपाललाई नकारँत्मक सूचिमा राखी रहेकोले सोलाई हटाउने तर्फप्रयास गर्न अनुरोध गर्नु भयो। यसैगरी चेम्बरका वरिष्ठ उपाध्यक्ष सुरेश कुमार बस्नेत तथा सचिव कमलेश कुमार अग्रवालले नेपालको निर्यातयोग्य वस्तुहरुको पर््रवर्द्धन एवं सर्म्वर्द्धनका लागि अमेरिकीस्थित कुटनीतिक नियोगले एक्जिविशनको आयोजना गर्नु पर्ने, नेपालीहरु बढी बसोबास हुने राज्यहरुमा कन्सुलर स्थापना गर्न पहल गर्नु पर्ने, एनआरएनहरुलाई नेपाली वस्तुको पर््रवर्द्धनमा सहयोग गर्नु पर्ने सुझाव दिनु भयो । यसैगरी नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल पश्मिना उद्योग संघ, नेपाल हस्तकला महासंघ तथा नेपाल गलैंचा निर्यातक संघका प्रतिनिधिहरुले नेपालको राजनीतिक परिस्थितिले गर्दा अमेरिकामा नेपालको छवि बिगे्रको बताउनु हुदै सोलाई सुधार्न पहल गर्नु पर्ने, पश्मिनाको टे्रडमार्कको पर््रवर्द्धनका लागि पहल गर्नु पर्ने, नियोगबाट नै अमेरिकी व्यापारीहरुलाई भिसा दिने व्यवस्था हुनु पर्ने, अमेरिकी दातृ संस्थाहरुलाई नेपालको निजी क्ष्ँेत्रको विकासमा सहयोग गर्न अनुरोध गर्नु पर्ने जस्ता सुझावहरु समेत दिएका थिए ।

नेपाल र चिलीबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध सुदृढ गर्न दर्ुइ देशका निजी क्ष्ँेत्रबीच समन्वयमा जोड

२०६६ श्रावण २६

नेपालका लागि चिलीका राजदूत अल्फोन्सो सिल्भाले आज नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकार, द्धितीय उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, महासचिव किशोर कुमार अग्रवाल लगायत अन्य पदाधिकारी एवं का.स.सदस्यहरुको भेटमा नेपाल र चिलीबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध सुदृढ गर्नका लागि दर्ुइ देशबीचका निजी क्ष्ँेत्रबीच भेटघाट हुनु पर्ने र त्यसका लागि आफू समन्वय गर्न तयार रहेको बताउनु भयो । सो अवसरमा राजदूत सिल्भाले निकट भविष्यमा नेपालले ब्राजिलमा स्थापना गर्ने भनिएको राजदूतावासबाट नेपाल र दक्षिण अमेरिकी मुलुकहरुबीचको व्यापारिक सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै नेपाल र चिलीबीचको व्यापारिक सम्बन्ध उचित मात्रामा नहुनुमा दर्ुइ देशबीचको दुरी, महंगो ढुवानी खर्च र दर्ुइ मुलुकका निजी क्ष्ँेत्रहरुबीच आपसी समन्वयको कमी नै प्रमुख कारक रहेको बताउनु भयो । उहांले चिलीको आर्थिक विकासको बारेमा बताउनु हुदै चिलीले आफूसंग भएको अपार र प्रतिस्पर्धी क्षमता बढी भएको प्राकृतिक श्रोतको विकास र र्सर्म्वद्धनमा बढी केन्द्रित रही आफूले उत्पादन गर्न नसक्ने अथवा आफ्नो प्रतिस्पर्धी क्षमता कम भएका उत्पादनहरु आयात गर्ने खुला अर्थतन्त्रको अवलम्बन गरेको बताउनु भयो । साथै उहांले नेपालमा दीगो शान्ति स्थापनाको कार्यमा चिलीका अनुभवहरु आवश्यक परेमा आदानप्रदान गर्न सकिने बताउदै नेपालको आर्थिक विकासका लागि नेपालले आफ्नो आर्थिक नीति स्पष्ट रुपमा किटान गर्नु पर्ने तथा स्पष्ट र पारदर्शी नियम कानूनहरु तर्जुमा गर्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले नेपाल र चिलीबीचको व्यापारिक सम्बन्ध अभिवृद्धि गर्न दर्ुइ देशबीचका निजी क्षेत्रहरुबीच निरन्तर रुपमा व्यापारिक आदानप्रदान एवं भेटघाट हुनु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहांले नेपालको निर्यातयोग्य वस्तुहरुको चिलीमा पर््रवर्द्धन गर्नका लागि राजदूतावासको सहयोगको अपेक्षा गर्दै नेपालको जलश्रोत, पर्यटन, खनिज जन्य पदार्थ जस्ता क्ष्ँेत्रहरुमा चिलीयन लगानीकर्ताहरुलाई लगानी गर्न अनरोध पनि गर्नु भयो । कार्यक्रममा नेपाल चेम्बरका सचिवद्धय महेन्द्र मान श्रेष्ठ तथा कमलेश कुमार अग्रवाल र का.स.सदस्य अन्जान शाक्य तथा नेपालमा चिलीका लागि अवैतनिक कन्सुलर बसन्त मिश्रको उपस्थिति थियो ।

बन्द, हड्ताल, चक्का जाम जस्ता गतिविधिहरु नगर्ने प्रतिबद्धताका लागि कार्य शुरु

२०६६ श्रावण १८

अर्थमन्त्री सुरेन्द्र पाण्डेले सम्भवतः यही श्रावण मसान्तभित्र प्रधानमन्त्रीदेखि लिएर सबै मन्त्रीहरुलाई प्यानमा दर्ता गर्राई सरकारले बजेटमा घोषणा गरेको कार्यक्रम लागू गर्ने तयारी गरिरहेको बताउनु भयो। र् अर्थमन्त्री पाण्डेले उक्त कुरा नेपाल चेम्बरद्धारा आज आयोजित पोष्ट बजेट कार्यक्रममा बताउनु भएको हो । सो अवसरमा मन्त्री पाण्डेले मुलुकमा शान्ति सुरक्षा व्यवस्था सुदृढ गर्न सरकार गंभीर रहेको र यही सर्न्दर्भमा सुरक्ष्ँा नीति तर्जुमा गरेको जानकारी दिदै बन्द, हड्ताल, चक्का जाम जस्ता गतिविधिहरुबाट निजी क्ष्ँेत्रलाई परेको समस्या समाधानका लागि सरकारले संविधान सभामा भएका सम्पर्ूण्ा राजनीतिक पार्टर्ीीले त्यस्ता गतिविधिहरु संचालन नगर्ने प्रतिबद्धता लिने कार्य भइरहेको बताउनु भयो । उहांले बजेट मार्फ कवाडी कर खारेज भए तापनि विभिन्न नाममा कर असुलेको भन्ने क्रियाकलाप प्रति सरकारको ध्यानाकर्षा भएको बताउदै यस्को अन्त्यका लागि सरकारले कदम चाल्ने आश्वासन दिनु भयो। कार्यक्रममा अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि बास्कोटाले पर्ूवाधारको विकास निजी क्ष्ँेत्रमा नभइसकेकोले नै सरकारले भ्याटमा बहुदर लागू गर्न नसकेको जानकारी दिनु हुदै यदि उद्यमी व्यवसायीहरुले बिल लिने दिने कार्यलाई कम्प्युरिकृत गर्न सकियो भने भ्याटमा बहुदर लाग्ने संभावना रहेको बताउनु भयो । साथै सचिव बास्कोटाले मुलुकको अर्थतन्त्र सबल गर्न तथा उद्योगी व्यवसायीको हितको लागि नै चोरी पैठारी नियन्त्रण गर्ने कार्यमा अर्थ मन्त्रालय लागि परिरहेको जानकारी दिनु हुदै करको दर घटाएर नै मुलुकमा राजश्व बढ्छ भन्नेमा सरकार विश्वस्त रहेको र करको दायरा बढाउनु पर्नेमा सरकारमा कुनै किसिमको द्विविधा नरहेको बताउनु भयो। सो अवसरमा चेम्बर अध्यक्ष सुरेन्द्र बीर मालाकारले यस पालीको बजेटमा निजी क्ष्ँेत्रका सुझावहरुलाई सम्बोधन गरिएको र तिनीहरुको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिनु भयो । उहांले मुलुकमा बढिरहेको मूल्यको चाप घटाउन सरकार र निजी क्ष्ँेत्रबीच समन्वय हुनु पर्ने र निजी क्ष्ँेत्रको सहकार्यमा बजारमा हस्तक्षेप गर्दा बढी प्रभावकारी रहने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष मालाकारले नेपालमा मूल्य वृद्धि हुनुमा बन्द, हडताल जस्ता गतिविधि र श्रम समस्या पनि प्रमुख कारक तत्व रहेको जिकिर गर्दै यि समस्याहरुको समाधान तर्फपनि सरकार गंभीर हुनु पर्ने बताउनु भयो। उहांले जलश्रोत विकासका लागि महत्वाकांक्षी कार्यक्रमहरु मात्र नल्याइकन तिनीहरुको प्रभावकारी कार्यान्वयन पनि हुनु पर्ने जिकिर गर्दै सरकारको कुनै पनि नीति र कार्यक्रमहरु प्रति निजी क्ष्ँेत्र विश्वस्त हुने किसिमको वातावरण सरकारले सृजना गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा चेम्बरका महासचिव किशोर कुमार अग्रवालले मुलुकमा हाल देखा परेको मूल्य वृद्धिको विषयमा बताउनु हुदै यस्को समाधानका लागि सरकारले माग र आपर्ूर्तिको बीचमा समायोजन गर्नु पर्ने, मुलुकमो शान्ति सुरक्षा स्थापना हुनु पर्ने, बफर स्टकको व्यवस्था सरकारले गर्नु पर्ने, सहुलियत दरको पसल एवं राशन कार्डको व्यवस्था गर्नु पर्ने, सरकारी अनुगमनमा निजी क्ष्ँेत्रको पनि सहभागिता हुनु पर्ने जस्ता सुझावहरु दिनु भएका थिए । कार्यक्रममा सहभागी हुनु भएका उद्यमी व्यवसायीहरुले बहुदर भ्याट लागू भएमा मूल्य वृद्धि नियन्त्रण हुने तथा राजश्व असुलीमा वृद्धि हुने एवं व्यवसायी र उपभोग्तालाई राहत पुग्ने विचार व्यक्त गर्दै खाद्यान्न पदार्थमा भ्याट लाग्न नहुने र बजेटमा भएका कमी कमजोरीहरुको बारेमा औल्याएका थिए ।

मूल्य सूचि राख्नको लागि सात दिनको म्याद

२०६६ श्रावण १३

वाणिज्य तथा आपर्ूर्तिमन्त्री राजेन्द्र महतोले मुलुकभर अत्यावश्यकीय खाद्यान्न पदार्थहरु बेच्ने व्यापारीले सात दिन भित्र आफ्नो पसलमा अनिवार्य रुपमा मूल्य सूचि राख्नु पर्ने बताउनु भयो । उक्त जानकारी मन्त्री महतोले आज चेम्बरका अध्यक्ष सुरेन्द्र बीर मालाकारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसंगको भेटमा बताउनु भएको हो । सो अवसरमा मन्त्री महतोले सात दिन पश्चात सरकारी टोलीले अनुगमन गर्दा यदि कुनै व्यापारीले उक्त मूल्य सूचि नराखेको पाइएमा सरकार कडा भन्दा कडा कारवाही गर्न बाध्य रहने जानकारी दिदै कसैले पनि आम उपभोक्तालाई मर्का पर्ने कार्य गर्न नहुने बताउनु भयो । उहांले सरकारले व्यवसायीहरुलाई हतोत्साही गर्ने एवं बद्नाम गर्ने सरकारको उद्देश्य नरहेको र मुलुकमा कृत्रिम रुपले मूल्य वृद्धि भएको पाइएकोले कडा कदम चाल्नु परेको बताउनु भयो । मन्त्री महतोले मुलुकमा मूल्य वृद्धि नियन्त्रण गर्नका लागि चाडै नै उपभोक्ता सूचना केन्द्रको स्थापना गर्ने, न्यून बिजकीकरणको समस्या समाधान गर्ने तथा कालोबजारी ऐनमा पनि समयसापेक्ष संशोधन गरिने बताउनु भयो । वाणिज्य तथा आपर्ूर्ति सचिव पुरुषोत्तम ओझाले अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, खाद्य पदार्थहरुमा मिसावट गर्ने तथा मूल्य वृद्धि गर्ने जस्ता समस्याहरुको समाधान गर्न सरकार कटिबद्ध रहेको र यसै सर्न्दर्भमा सरकारले आफ्नो अनुगमन कार्यलाई त्रि्र पारेको बताउनु हुदै उद्यमी, आयातकर्ता, थोक बिक्रेता एवं खुद्रा व्यापारीहरुले मूल्यमा पारदर्शिता ल्याउनु पर्ने विचार व्यक्र गर्नु भयो । सो अवसरमा अध्यक्ष सुरेन्द्र बीर मालाकारले हालै निजी क्ष्ँेत्रको सहकार्य र सहमती विना सरकारले गरेको ठाडो हस्तक्षेपले निजी क्ष्ँेत्र माझ त्रासको वातावरण सृजना भएको बताउनु हुदै समाचारको गलत संपे्रशणले गर्दा उचित छानविन विना नै उद्यमी व्यापारीहरु माथि गलत लाञ्छाना लागेको बताउनु भयो । उहांले कुनै पनि खुला अर्थतन्त्रमा कालोबजारी जस्तो शब्द प्रयोग हुनु आपत्तिजनक रहेको बताउनु हुदै २०३२ सालदेखि कायम रहदै आएको ऐनमा पनि समयसापेक्ष संशोधन हुनु पर्ने धारणा व्यक्त गर्नु भयो । उहांले खुद्रा व्यापारीहरुलाई मूल्य सूचि राख्न कुनै पनि कठिनाई नभएको तर पर्याप्त समय उपलब्ध हुनु पर्ने जिकिर गर्दै अनुगमन त्रि्र पार्दैमा तथा छापा मार्दैमा मूल्य वृद्धि नियन्त्रण नहुने बताउनु भयो । उहांले यस्का लागि सरकारले पनि आफ्नो तर्फाट इमान्दार भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । सरकारले कवाडी कर खारेज गरे तापनि अहिले पनि अर्कै नाममा सो कर उठाउदै आएको र सिण्डिकेट प्रणालीको अन्त्य पनि मुलुकमा भइनसकेको बताउनु हुदै यस तर्फसरकार गंभीर हुनु पर्ने विचार व्यक्त गर्नु भयो । साथै आपर्ूर्ति व्यवस्थामा व्यवधान सृजना गरिरहेको बन्द, हड्ताल, चक्का जाम जस्ता अवाञ्छित क्रियाकलापहरु पनि यथावत रहिरहेकोले यस्ता क्रियाकलापहरु तुरुन्त बन्द गरी मूल्य वृद्धि नियन्त्रण गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो । यसैगरी वाणिज्य विभागका का.मु. महानिर्देशक कैलाश बजिमयले सरकारले निजी क्ष्ँेत्रसंगको सहकार्यमा मूल्य वृद्धि नियन्त्रण तथा आपर्ूर्तिलाई सहज गर्ने कार्यमा कटिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा नेपाल चेम्बरका का.स.सदस्य कृष्णमान श्रेष्ठ तथा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले सरकारले हाल चालेको कदमबाट मुलुकमा खाद्यान पदार्थहरुको अभाव हुने खतरा सृजना भएको र मूल्य सूचि नराख्दैमा व्यापारीलाई कारवाही गर्ने नीति तत्कालै बन्द हुनु पर्ने विचार व्यक्त गर्नु भयो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका कोषाध्यक्ष राजेन्द्र मल्ल तथा का.स.सदस्य कैलाश चन्द्र गोयल समेतको उपस्थिति थियो ।

आर्थिक वर्ष२०६६/६७ को बजेटका सम्बन्धमा नेपाल चेम्बर अफ कमर्सको विश्लेषणात्मक अवधारणा

२०६६ श्रावण १

अर्थमन्त्री सुरेन्द्र पाण्डेल व्यवस्थापिका संसदमा हालै पेश गर्नु भएको आ.व. २०६६/६७ को बजेटका सम्बन्धमा नेपाल चेम्बर अफ कमर्सले विश्लेषणात्मक अध्ययन गरी तयार गरेको अवधारणा आज एक प्रेस सम्मेलन मार्फ र्सार्वजनिक गरेको छ । उक्त अवधारणामा नेपाल चेम्बरले बजेटको सकारात्मक तथा नकारात्मक पक्ष दुबैको विश्लेषण गरिएको र समग्रमा बजेट महत्वकांक्षी रहेको तथा वर्तमान प्रतिकूल राजनैतिक परिस्थितिमा बजेटमा गरेका प्रतिबद्धताहरुको कार्यान्वयन ज्यादै चुनौतिपर्ूण्ा रहेको बताइएको छ । सो अवसरमा चेम्बर अध्यक्ष सुरेन्द्र बीर मालाकारले बजेटले निजी क्ष्ँेत्रबाट पेश गरिएका सुझावहरुलाई समावेश गरे तापनि भ्याटमा बहुदर लगाउने प्रणाली नलगाइएकोमा दुःख व्यक्त गर्दै सो प्रणाली यथास्रि्र कार्यान्वयन गर्न जोड दिनु भयो । उहांले मुलुकमा लगानीको वातावरणलाई व्यवसायमैत्री बनाउनमा बजेट चुकेको बताउनु हुदै निजी क्ष्ँेत्रको सुरक्षाका लागि निजी क्ष्ँेत्रले माग गर्दै आएको औद्योगिक सुरक्षा बलका विषयमा पनि बजेट मौन रहेको बताउनु भयो । कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष सुरेश कुमार बस्नेत तथा महासचिव किशोर कुमार अग्रवालले सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिनु हुदै निजी क्षेत्र मुलुकको आर्थिक विकासका लागि कटिबद्ध रहेको र सामाजिक उत्तरदायित्व प्रति निजी क्ष्ँेत्र प्रतिबद्ध रहेको बताउनु भयो । चेम्बरद्धारा प्रस्तुत अवधारणाको विस्तृत विवरण यसैसाथ संलग्न गरिएको छ ।

ˆ Top

 
8  9  10  11 
                                                                                                                                                                                                                                                                                                           
© 2007 Nepal Chamber of Commerce. All Rights Reserved.
Best Viewed in 1024 × 768 pixels