कामनपा र नेपाल चेम्बर अफ कमर्सबीच सहकार्य हुने
२०६६ चैत्र २५
काठमाडौं महानगरपालिका र मुलुकको चेम्बर अभियानका पर््रवर्तक एवं निजी क्ष्ँेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्सबीच काठमाडौं महानगरपालिकालाई सफासुग्घर, हराभरा एवं सौर्न्दर्यपर्ूण्ा बनाउने जस्ता विविध विषयहरुमा सहकार्य हुने सहमति भएको छ ।
काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख गणेश र्राईसंगको अन्तरक्रियाको अवसरमा उक्त कुरा भएको हो ।
सो अवसरमा कामनपाका कार्यकारी प्रमुख गणेश र्राईले काठमाडौंका नगरवासीलाई चौतर्फी सेवा र सुविधा दिने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनु हुदै काठमाडौंको विकासका लागि निजी क्ष्ँेत्रसंग सहकार्य गर्न कामनपा तयार रहेको जानकारी दिनु भयो ।
कार्यकारी प्रमुख र्राईले काठमाडौं उपत्यकाभित्र रहेको पार्किंग व्यवस्थापन, ट्राफिक व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, ढलको व्यवस्थापन, होर्डि· बोर्ड व्यवस्थापन जस्ता विविध क्ष्ँेत्रमा सहकार्य गर्न सकिने बताउनु भयो । साथै उहांले कामनपाको राजश्व संकलन कार्यमा पनि नेपाल चेम्बर अफ कमर्सको सहयोगको अपेक्षा रँख्नु भएको थियो ।
उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले कामनपा र नेपाल चेम्बर अफ कमर्सबीच र्सार्वजनिक-निजी-साझेदारीको अवधारणामा सहकार्य हुनु पर्ने र महानगरपालिकाको विकासमा निजी क्ष्ँेत्रसंग व्यापक सल्लाह र सहकार्य हुनु पर्नेमा जोड दिनु भयो ।
उहांले उद्यमीव्यवसायी लगायत र्सवसाधारणलाई उपलब्ध गराउने सेवामा महानगरपालिकाबाट ध्यान नपुगेको भन्नु हुदै यस्मा सुधार हुनु पर्ने बताउनु भयो । साथै उहांले महानगरपालिकाले कर तिर्ने वातावरणलाई झन्झट रहित, चुस्त, सुदृढ र पारदर्शी बनाउन सकेमा महानगरपालिकाको राजश्व संकलनमा सकारात्मक प्रभाव पर्ने विचार व्यक्त गर्नु भएको थियो ।
यसैगरी चेम्बरका द्धितीय उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, तथा कोषाध्यक्ष राजेन्द्र मल्लले महानगरपालिकाले जुन ठाउंबाट राजश्व लिएको हो सोही ठाउंको विकासका लागि बजेट छुट्याउनु पर्ने, फोहोर मैला व्यवस्थापनका लागि व्यापक जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नु पर्ने, शहरमा भएका धुवा, धुलो र ध्वनी प्रदुषणको नियन्त्रणमा महानगरपालिकाले विशेष जोड दिनु पर्ने, सडकलाई फराकिलो बनाउनु पर्ने तथा नेपाल पर्यटन वर्ष२०११ लाई मध्यनजर गर्दै काठमाडौं शहरको ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलको स्तरोन्नति र व्यापक सुधार गर्नु पर्ने सुझाव दिनु भएको थियो ।
संचार जगतमाथि भएको आक्रमण प्रति नेपाल चेम्बरको गंभीर आपत्ति
२०६६ चैत्र २३
माओवादीसम्बद्ध अखिल नेपाल छापाखाना तथा प्रकाशन मजदूर संघ एवं क्रान्तिकारी पत्रकार संघको सदस्य दाबी गर्ने केही व्यक्तिले हिजो मुलुकको प्रतिष्ठित संचार माध्यम "राजधानी राष्ट्रिय दैनिक" मा कार्यरत केही कर्मचारीहरुमाथि हातपात गर्नुका साथै दर्ुइ हजार प्रति पत्रिका लुटेको भन्ने समाचारबाट हामी स्तब्ध भएका छौं ।
"प्रेस स्वतन्त्रता माथिको प्रहार र जनताको सु-सूचित हुने अधिकार" लाई कुण्ठित हुने गरी मुलुकको जिम्मेवार राजनीतिक पार्टर्ीीे भातृ संगठनबाट हुने यस्ता किसिमका अराजक एवं गैरजिम्मेवारी क्रियाकलाप पक्कै पनि निन्दनीय र लाजमर्दो भएको निजी क्षेत्रको ठहर छ ।
मुलुकले हासिल गरेको ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई आर्थिक विकासको गति तिर डोेर्याउनु पर्ने समयमा निजी क्षेत्र माथि बारम्बार हुने गरेका यस्ता घटनाहरु र क्रियाकलापहरुले उक्त ऐतिहासिक उपलब्धि नै ध्वस्त हुने र दीगो शान्ति स्थापना गर्ने एवं आर्थिक विकास गर्ने नेपाली जनताको चाहनामा कुठाराघात हुने निश्चित छ ।
तर्सथ मुलुकमा विधिको शासन रहेको र शान्ति सुरक्षाको प्रत्याभूति रहेको विश्वास आम नागरिक लगायत निजी क्षेत्रलाई समेत दिनु सरकारको परम कर्तव्य हो भन्ने विश्वासका साथ उक्त घटनाको तत्काल अन्त्य गर्न र वार्ताका माध्यमबाट सहमतिमा पुग्न समेत हामी सम्बद्ध सबै पक्ष्ँसंग आग्रह गर्दछौं ।
नेपाल र दक्षिण अप्रिmकाबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध अभिवृद्धि गर्न आर्थिक कुटनीतिमा जोड दिइने- राजदूत अरुण धिताल
२०६६ चैत्र १९
दक्षिण अप्रिmकाका लागि नवनियुक्त राजदूत अरुण धितालले नेपाल र दक्षिण अप्रिmकाबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध अभिवृद्धि गर्नका लागि आर्थिक कुटनीतिलाई प्राथमिकता दिने बताउदै दर्ुइ मुलुकबीचको निजी क्षेत्रको सम्बन्ध स्थापित गराउनका लागि व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदानमा जोड दिने बताउनु भयो ।
राजदूत धितालले उक्त कुरा आज चेम्बरका अध्यक्ष सुरेन्द्र बीर मालाकारसंगको भेटघाटमा बताउनु भएको हो ।
सो अवसरमा राजदूत धितालले "हाम्रो दर्ुइ मुलुकबीचको सम्बन्ध गाढा बनाउन दक्ष्ँिण अप्रिmकी सरकार गंभीर रहेको" बताउनु हुदै आफ्नो कार्यकालमा नगण्य रुपमा रहेको व्यापारिक सम्बन्धलाई मजबूत बनाउने विश्वास व्यक्त गर्नु भयो । साथै उहांले दक्षिण अप्रिmकामा उच्चस्तरीय शीप भएको मानव संसाधनको माग रहेको र अन्य मुलुकको तुलनामा सस्तोमा गुणस्तरीय उच्चस्तरको शिक्षा हासिल गर्न सकिने भएकोले त्यस तर्फपनि आफू क्रियाशील रहने बताउनु भयो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले आन्तरिक द्धन्द्ध पछिको अवस्थामा दीगा शान्ति स्थापना गर्ने सर्न्दर्भमा दक्षिण अप्रिmकासंग नेपालले अनुभव आदानप्रदान गर्न सकिने बताउनु हुदै दक्षिण अप्रिmकी बजार नेपालीहरुको लागि निकै नै नयां भएकोले व्यापार विस्तारका थुप्रै संभावनाहरु रहेको बताउनु भयो ।
अध्यक्ष मालाकारले दक्षिण अप्रिmका संसारभरका पर्यटकहरुको लागि महत्वपर्ूण्ा गन्तव्यस्थल रहेकोले उक्त क्षेत्रमा नेपालले पनि प्रभावकारी प्रचारप्रसार गरी "नेपाल पर्यटन वर्ष२०११" लाई सफलतापर्ूवक संचालन गर्न सकिने बताउनु हुदै त्यस तर्फनेपाली राजदूतावासले आफ्नो ध्यान केन्द्रित गर्नु पर्ने सुझाव दिनु भयो ।
यसैगरी चेम्बरका कोषाध्यक्ष राजेन्द्र मल्लले दक्षिण अप्रिmकामा नेपाली लोक्ता कागज र कपडाको माग रहेको बताउनु हुदै नेपालको निर्यातयोग्य वस्तुहरुको पर््रवर्द्धनका लागि दर्ुइ देशबीच व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदान, मेलाहरुमा निजी क्षेत्रको सहभागिता तथा द्धिपक्षीय व्यापारिक संस्थाहरु बीच सम्बन्ध स्थापित हुनु पर्ने बताउनु भयो ।
युगपुरुष गिरिजाप्रसाद कोइरालाको निधन प्रति चेम्बरको हार्दिक समवेदना
२०६६ चैत्र ८
नेपाली कांंगे्रसका सभापति, मुलुकको पर्ूव प्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको यही २०६६ चैत्र ७ गते शनिवार भएको असामयिक निधनको खबरले सम्पर्ूण्ा निजी क्ष्ँेत्र अत्यन्तै मर्माहत एवं स्तब्ध भएको छ ।
नेपाल चेम्बर अफ कमर्सको आज बसेको विशेष बैठकले युगपुरुष गिरिजाप्रसाद कोइरालाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै आर्थिक उदारीकरणका पक्षधर पर्ूव प्रधानमन्त्री कोइरालाको अवसानबाट नेपालको निजी क्षेत्रले आफ्नो अभिभावकत्व गुमाएको विश्वास गर्दै नेपाली कांग्रेस, शोक सन्तप्त परिवार तथा सम्पर्ूण्ा आम नेपाली जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
प्रजातन्त्र अभियानका महानायक गिरिजाप्रसाद कोइरालाले मुलुकमा व्याप्त द्धन्द्धको समाप्ति, दीगो शान्ति स्थापनार्थ तथा पुरानो व्यवस्था अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाको लागि खेलेको भूमिका नेपालको इतिहासमा सुनौलो अक्षरले कोरिनेमा हामी विश्वस्त छौं । यस सर्न्दर्भमा महानायक कोइरालाले देखेको सपना पर्ूण्ा गराउने जिम्मा अब सम्पर्ूण्ा राजनीतिक पार्टर्ीीथा आम नेपाली जनतामा आइपरेको छ । तर्सथ यस कार्यमा हामी सबैले सहमती, सहकार्य र एकताको आधारमा नेपालमा दीगो शान्ति स्थापना गरी उन्नत नेपालको निर्माण गर्न तल्लिन हुनु पर्दछ । यो नै कोइराला प्रति सच्चा श्रदाञ्जली हुने विश्वास नेपाल चेम्बर अफ कमर्सले लिएको छ ।
आजको यस दुःखद घडिमा नेपाल चेम्बर अफ कमर्स सम्पर्ूण्ा निजी क्ष्ँेत्रलाई आ-आफ्नो कलकारखाना तथा औद्योगिक व्यावसायिक प्रतिष्ठानहरु बन्द गरी युगपुरुष गिरिजाप्रसाद कोइरालाको सम्मानमा हार्दिक श्रदाञ्जली व्यक्त गर्न दशरथ रंगशाला तथा उहांको पार्थिव शरिर अन्त्येष्टीको लागि श्री पशुपतिनाथ लैजाने शवयात्रामा सामिल हुन समेत हार्दिक अनुरोध गर्दछ ।
व्यवसायी अरुण सिंघानियाको हत्याको घोर निन्दा एवं भत्र्सना
२०६६ फागुन १८
व्यवसायी जमिम शाहको हत्या भएको एक महिना पनि नबित्दै यही फागुन १७ गते जनकपुरमा अर्का संचार उद्यमी तथा व्यवसायी अरुण सिंघानियाको गोली हानी हत्या भएको गम्भीर र दुःखदायी घटनाको नेपाल चेम्बर अफ कमर्स घोर निन्दा एवं भत्र्सना गर्दछ । साथै हामी सरकारलाई उक्त हत्याका दोषीहरुलाई तत्काल पत्ता लगाई कडा भन्दा कडा सजाय दिन पनि जोडदार माग गर्दछौं ।
मुलुकका उद्यमी व्यवसायीहरु लगायत आम नागरिकहरुको हत्या हुंदा पनि सरकारको सुरक्षा निकाय मूकदर्शकको रुपमा बस्नु, हत्याराहरुलाई तुरुन्त समात्न नसक्नु, तथा आफ्ना नागरिकहरुको रक्षा गर्न नसक्नु जस्ता अत्यन्त कमजोर सुरक्षा प्रणाली प्रति निजी क्ष्ँेत्र चिन्तित रहेको छ ।
उद्यमी व्यवसायीहरुको हत्या हुनु, व्यवसायीहरुलाई फोन मार्फ फिरौती माग्दै ज्यान लिने धम्की आउनु, अपहरण जस्ता क्रियाकलापहरु बढ्नुमा मुलुकको सुरक्षा प्रणालीमा देखिएको गंभीर लापरवाही र राजनीतिक अस्थिरताले गर्दा बढेको दण्डहिनता नै प्रमुख कारण रहेको निजी क्ष्ँेत्रको ठम्याई छ ।
मुलुकमा दिनहूं जस्तो भइरहने यस्ता घटनाहरुले आर्थिक विकासमा नकारात्मक प्रभाव पार्नुका साथै राष्ट्रलाई नै असफल राष्ट्रको पक्तिमा धकेलिने निश्चीत छ । अतः यस्ता घटनाहरु नदोहोरिनको लागि सरकारले शान्ति सुरक्षाको आभास हुने गरी आफ्ना संयन्त्रहरुमा व्यापक सुधार ल्याई आम जनतामा सुरक्षाको प्रत्याभूति हुने गरी उचित व्यवस्था समेत गर्न चेम्बर जोडदार माग गर्दछ ।