उद्योग व्यवसाय संचालन गर्ने वातावरणको सुनिश्चितता होस्
२०६७ बैशाख १९
एनेकपा -माओवादी) ले बैशाख १९ गतेदेखि शुरु गरेको आमहड्तालको दौरानमा आम नागरिकको सुविधाका लागि सांझ ६ बजेदेखि ८ बजेसम्म मात्र पसलहरु संचालन गर्न दिने व्यवस्था विद्यमान आपर्ूर्ति व्यवस्थामा देखिएको अवरोधको कारण व्यवहारिक नहुने हाम्रो ठहर रहेको छ ।
आज सम्पर्ूण्ा मुलुक पर्ूण्ा रुपमा ठप्प भई सवारी साधनहरु चल्न नसकी दैनिक अत्यावश्यक वस्तुहरुको आपर्ूर्ति व्यवस्था सरल र सुलभ हुन सक्ने परिस्थितिमा रहेको छैन । साथै शान्ति सुरक्षाको अभाव, लोड सेडि·को मार र मानसिक तनावले गर्दा सांझ व्यवसाय संचालन गर्न अत्यन्त कठिन हुने भएकोले उक्त समय परिवर्तन गरी बिहानको समयमा गर्नका लागि समेत हामी हार्दिक आग्रह गर्दछौं ।
निजी क्ष्ँेत्रले मात्र दर्ुइ घण्टा व्यवसाय संचालन गर्न खोजेको होइन भन्ने हामी प्रष्ट पार्न चाहन्छौं । निजी क्षेत्र मुलुकमा शान्ति सुव्यवस्था कायम भई ढुक्कले आफ्नो उद्योगव्यवसाय चौबिसौं घण्टा संचालन गर्ने वातावरणको आशामा रहेको छ । तर्सथ यस तर्फहामी आन्दोलन आह्वानकर्ताकोे ध्यानाकर्षा गर्न चाहन्छौं ।
मुलुकमा विद्यमान राजनीतिक संकटलाई सहमति र सहकार्यको माध्यमबाट आन्दोलनरत पार्टर्ीी सरकारले जतिसक्दो चाडो समाधान गरी आम नागरिकलाई यस विषम परिस्थिति र दुःखबाट छुटकारा दिलाउन पनि हामी हार्दिक अपिल गर्दछौं ।
मुलुकले हासिल गरेको युगान्तकारी ऐतिहासिक उपलब्धिहरुलाई संस्थागत गर्ने समयमा आ-आफूबीच नै अममझदारी र अविश्वास पैदा गरी यो उपलब्धिलाई र्व्यर्थ बनाउनुको सट्टा समयमा नै शान्ति र संविधान निर्माणको लक्ष्य पूरा गर्न पनि हामी सम्बन्धित पक्षहरुलाई हार्दिक आग्रह गर्दछौं ।
मे दिवसको शुभकामना सन्देश
२०६७ बैशाख १७
मे दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री सुरेन्द्र बीर मालाकारद्धारा प्रेषित शुभकामना सन्देशः
मे दिवसको शुभकामना सन्देश
१२१ औं मे दिवसको सुअवसरमा नेपाल चेम्बर अफ कमर्स समस्त मजदूर एवं श्रमजीवि वर्ग प्रति हार्दिक बधाई ज्ञापन गर्दछ ।
विभिन्न चरणका ऐतिहासिक जनआन्दोलनहरुबाट नेपाली जनताले हासिल गरेको ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी हामी सम्पर्ूण्ा जनतामाथि आएको छ । हामीले आशा र विश्वासका साथ यी उपलब्धिहरुलाई संस्थागत गर्दै चालू शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने र नयां संविधान लेख्ने जिम्मा दिएका राजनीतिक दलहरु बीच विगतमा स्थापित सहकमति र सहकार्यलाई समयसापेक्ष रुपमा अझ सुदृढ पार्नु पर्ने आवश्यकता महशुस भइरहेको छ ।
तीव्र र उच्च आर्थिक वृद्धि हासिल गर्न अन्योन्याश्रीत श्रम सम्बन्धको आवश्यकता पर्ने तथ्य र्सवविदित छ । अतः उद्यमी तथा मजदूरबीचको सम्बन्धलाई अझै सुदृढ र सुमधुर बनाई पर्ूण्ा जिम्मेवारी र कर्तव्यबोधका साथ अघि बढ्नु नै अहिलेको प्रमुख आवश्यकता हो । तर्सथ यस दिवसले समस्त श्रमिक एवं श्रमजीवि वर्ग र रोजगारदाताहरु बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउंदै मुलुकको आर्थिक सम्वृद्धिमा योगदान गर्न हौसला र प्रेरणा प्रदान गरोस् भन्ने चेम्बर हार्दिक शुभकामना प्रकट गर्दछ ।
मुलुकको अर्थतन्त्रले भोगेका समसामयिक विषयमा नेपाल चेम्बर अफ कमर्सद्धारा राष्ट्रपतिसंग भेट
२०६७ बैशाख १७
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसंग भेटी मुलुकको निजी क्षेत्र तथा अर्थतन्त्रले सामना गर्नु परेको समसामयिक समस्याका विषयमा छलफल गर्नु भयो ।
सो अवसरमा राष्ट्रपति डा. यादवले निजी क्ष्ँेत्रले मुलुकको अर्थतन्त्र र विद्यमान संकटको विषयमा व्यक्त गरेको चिन्ता र सोको समाधानको लागि गरेको प्रयास र भावनालाई कदर गर्दै आफूले संवैधानिक दायराभित्र रही उक्त भावना र चिन्तालाई सरकार समक्ष राख्ने विश्वास दिलाउनु भयो ।
राष्ट्रपति यादवले हालै निजी क्ष्ँेत्रले राजनैतिक संकटको समाधानका लागि प्रमुख तीन दलका शर्ीष्ास्थ नेताहरुलाई एकै ठाउंमा राखेर सहमति र सहकार्यका लागि गरेको प्रयास निकै नै सकारात्मक रहेको बताउनु भयो ।
सो अवसरमा चेम्बर अध्यक्ष मालाकारले मुलुकको राजनीति अहिले इतिहासकै कठिन मोडमा उभिएको र मुलुकका प्रमुख राजनीतिक दलहरुबीच मूलभूत विषयहरुमा सहमति र सहकार्य हुन नसकिरहेको सर्न्दर्भमा नेपालले हासिल गरेको ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने संभावना अत्यन्त क्षीण हुदै गएको बताउनु भयो ।
अध्यक्ष मालाकारले, "देश विकास एवं समृद्धिको आधार नै सुदृढ अर्थतन्त्र हो र जबसम्म अर्थतन्त्र सुदृढ हुदैन तबसम्म देश विकास हुदैन, जबसम्म देश विकास हुदैन तबसम्म मुलुकमा स्थायित्व आउदैन र दीगो शान्ति पनि स्थापना हुदैन" भन्नु हुदै सम्पर्ूण्ा राजनीतिक दलहरुले आर्थिक एजेण्डालाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।
अध्यक्ष मालाकारले काठमाडौं उपत्यकाका पसल-पसलहरुमा नेकपा -माओवादी) का कार्यकर्ताहरुले जबर्जस्ती रुपमा निजी क्षेत्रसंग आफ्नो क्षमता भन्दा बढी रकम माग गरी चन्दा आतंक फैलाएको प्रति गंभीर गुनासो गर्दै बैशाख १९ गतेबाट शुरु गर्ने भनिएको आन्दोलनले संकटग्रस्त मुलुकको अर्थतन्त्रलाई अझ तहसनहस बनाउने निश्चित रहेको बताउनु भयो ।
सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष सुरेश कुमार बस्नेत, सचिव कमलेश कुमार अग्रवाल तथा का.स.सदस्य कृष्णमान श्रेष्ठले नेपालमा राजनैतिक संकटले गर्दा आर्थिक स्थिति बर्बादीको संघारमा पुगेको र मुलुकमा लगानीको सुरक्षा नभएकोले कुनै पनि नयां लगानी भित्रिन नसकिरहेको बताउदै निजी क्ष्ँेत्रको लगानीको सुरक्षाको प्रत्याभूति हुनु पर्ने बताउनु भयो । उहांहरुले मुलुकमा अहिले आम नागरिकमा मनोबैज्ञानिक त्रासको सृजना भएको र देशमा रहेको समस्याले विदेशमा बस्ने नेपालीहरुको समेत मनोबल गिरेको जानकारी दिनु भयो।
मुलुकको आर्थिक विकासका लागि एक हुनु पर्नेमा जोड
२०६७ बैशाख ७
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले नेपाली जनताले ठूलो आशा, विश्वास र भरोसा राखेर निर्माण गरेको संविधान सभा आज नेपालको इतिहासमा सबैभन्दा बढी अनुत्पादक र असफल भएको दाबी गर्नु भएको छ ।
उक्त कुरा चेम्बर अध्यक्ष मालाकारले सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलसंगको छलफल कार्यक्रममा आज चेम्बरमा बताउनु भएको हो ।
अध्यक्ष मालाकारले मुलुकमा निजी क्षेत्रले भोगेका चन्दा आतंक, शान्ति सुरक्षा, विधिको शासन, श्रम समस्या, उर्जा संकट, तरलताको अभाव जस्ता समस्याहरुको समाधान गर्ने तर्फसरकार आफूले गर्नु पर्ने कर्तव्यमा चुकेको बताउनु हुदै उद्योगीव्यवसायीहरुको समस्या प्रति अब सम्पर्ूण्ा निजी क्ष्ँेत्र एकजूट र ऐक्यवद्ध हुनु पर्ने समय आएको र "आर्थिक विकासका लागि एक हौं" भन्ने अवधारणाका साथ अघि बढ्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
अध्यक्ष मालाकारले "संविधान सभामा रहनु भएको निजी क्षेत्रका हाम्रा केही साथीहरुले हाम्रो धारणा प्रस्तुत गर्नु भएता पनि स्वतन्त्र किसिमले विषयवस्तु राख्ने वातावरण नभएकोले उहांहरुको सहभागिता त्यति प्रभावकारी र सन्तोषजनक देखिएको छैन" भन्नु हुदै समयमा नै संविधान निर्माण गर्ने कार्यमा अब सम्पर्ूण्ा निजी क्षेत्रले एकजूट भई दवाव दिनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
अध्यक्ष मालाकारले बुद्धको जन्मस्थलो लुम्बिनीलाई बौद्ध धर्मावलम्बीहरुको लागि "मेक्का" को रुपमा विकास गर्न सके यसबाट सिर्द्धार्थनगर लगायत त्यस क्ष्ँेत्रको मात्र नभई पूरा नेपालको आर्थिक विकासमा नै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सन् २०११ लाई नेपाल पर्यटन वर्षो रुपमा सफल पार्न पनि लुम्बिनीमा प्याकेज कार्यक्रमहरु कार्यान्वयन गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
यसैगरी सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले मुलुकको आर्थिक विकास र निजी क्ष्ँेत्रको विकासको सर्न्दर्भमा नेपाल चेम्बर अफ कमर्स जस्ता संस्थाहरुले उठाएका विषयहरुमा संघको पनि ऐक्यवद्धता रहेको जनाउदै सिर्द्धार्थनगर जिल्लाका उद्यमीव्यवसायीहरु चन्दा आतंकको समस्याबाट अझै पनि प्रताडित रहेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले आफ्ना समस्याहरु सरकार सामू राख्दा एक भई राख्नु पर्ने बताउदै निजी क्षेत्रबीच नै वादविवाद भयो भने तेश्रो पक्षले त्यसको फाइदा उठाउने विचार व्यक्त गर्नु भयो । उहांले लुम्बिनीको विकास भएमा मुलुकको विकासमा नै सकारात्मक प्रभाव पर्ने र नेपाल पर्यटन वर्षाई सफल पार्न लुम्बिनीमा प्याकेज कार्यक्रमहरुको घोषणा गर्नु पर्ने बताउनु भयो ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष सुरेश कुमार बस्नेतले मुलुकको अर्थतन्त्रले अहिले सामना गरीरहनु परेको तरलताको समस्या "पूंजीगत लाभ कर" ले गर्दा सिर्जना भएको बताउनु हुदै घरजग्गाको कारोवारमा लाग्दै आएको उक्त कर खारेज गरे वित्तिय क्षेत्रमा देखा परेको तरलताको समस्या समाधान हुने विश्वास व्यक्त गर्नु भयो । साथै उहांले निजी क्षेत्रले सामना गर्दै आएको समस्याहरुको समाधानका लागि नेपाल चेम्बर अफ कमर्स प्रतिबद्ध रहेको बताउदै यस्मा सिर्द्धार्थनगर उद्योग वाणिज्य संघ जस्ता जिल्ला वाणिज्य संघहरुको सहयोग र सहकार्यको खांचो रहेको बताउनु भयो ।
कार्यक्रममा चेम्बरका द्धितीय उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर लगायत चेम्बरका का.स.सदस्य र सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको थियो ।
तरलता अभावको समस्या समाधानका लागि चाडै नै कदम चालिने
२०६६ चैत्र २९
नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको सुझाव, सहयोग र सहकार्य आवश्यक पर्ने तर अर्थतन्त्रको प्राविधिक पक्षको सर्न्दर्भमा भने प्राविधिज्ञहरुलाई नै सुम्पन्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलसंगको भेटमा गर्भनर डा. खतिवडाले उक्त कुरा बताउनु भएको हो ।
र्
गर्भनर खतिवडाले मुलुकको सीमानाहरुमा हुने गरेको अनधिकृत व्यापारले गर्दा मुलुकको वित्तिय क्षेत्रमा तरलताको अभाव देखिएको विचार व्यक्त गर्दै विद्यमान राजनीतिक परिस्थितिले गर्दा पनि तरलता अभावमा थप समस्या परेको बताउनु भयो ।
र्
गर्भनर डा. खतिवडाले बैंकमा पैसा जम्मा गर्दा श्रोत खुलाउनु पर्ने व्यवस्थाबाट निजी क्ष्ँेत्रहरुलाई नडराउन अनुरोध गर्दै उक्त सूचना कर प्रयोजनका लागि नभई अन्तर्रर्ााट्रय मापदण्ड अनुसार नै नेपालले पनि लागू गरेको र उक्त विषयमा नेपाल राष्ट्र बैंकले पुनरावलोकन गर्न सक्ने बताउनु भयो । साथै उहांले निजी क्ष्ँेत्रले भोग्नु परेका समस्याहरुको समाधानका लागि निकट भविष्यमा नै निजी क्षेत्र, वित्तिय संस्थाहरु र नेपाल राष्ट्र बैंक बीच त्रिपक्षीय रुपमा छलफल गरी समाधानको निक्र्यौल गरिने बताउनु भयो ।
सो अवसरमा चेम्बरका अध्यक्ष मालाकारले शेयरहरुको लगानी आह्वान गर्दा मागको ६/७ गुणा पैसा जम्मा हुने तर मुलुकको वित्तिय क्षेत्रमा भने तरलताको अभाव हुनु आर्श्चर्यजनक रहेको बताउदै तरलताको अभावले मुलुकको औद्योगिक विकासमा व्यवधान खडा भएको जिकिर गर्नु भयो ।
अध्यक्ष मालाकारले मुलुकको विद्यमान समस्या र राजनीतिक परिस्थितिले कुनै पनि उद्योगव्यवसायहरु सुचारु रुपमा संचालन हुन नसकी निजी क्षेत्र चौतर्फी मारमा परेको भन्नु हुदै उद्योगव्यवसायले लिएको ऋणको व्याज तिर्ने अवधि एक महिनाका लागि बढाउन अनुरोध गर्नु भयो । साथै उहांले विगतमा वाणिज्य बैंकहरुले लगानीमा गंभीरता नदेखाएको र अहिले त्यसको मार सम्पर्ूण्ा व्यवसायीहरुले खेप्नु परेको भन्दै कर्जाको व्याज दर नबढाउन अनुरोध गर्नु भयो ।
अध्यक्ष मालाकारले नेपाल राष्ट्र बैंकले हालै उत्पादक क्ष्ँेत्रमा जारी गर्ने ऋणको व्याज दर निर्धारण गरे तापनि सो कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै रेमिटेन्सको रुपमा प्राप्त रकमलाई सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
यसैगरी चेम्बरका निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठले निजी क्षेत्रको मनोबल बढ्ने खालका नीतिहरु नेपाल राष्ट्र बैंकले तर्जुमा गर्नु पर्ने सुझाव दिनु हुदै पूंजी पलायन रोक्नका लागि केन्द्रिय बैंकले आफ्ना नीतिहरुमा पनि समयानुसार सुधार गर्नु पर्ने बताउनु भयो ।
उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष सुरेश कुमार बस्नेत, द्धितीय उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, कोषाध्यक्ष राजेन्द्र मल्ल, कार्यवाहक महासचिव महेन्द्र मान श्रेष्ठ लगायत अन्य का.स.सदस्यहरुको उपस्थिति रहेको थियो ।